आज :

श्रीमतिलाई भान्से नियुक्त गरेका रामारोशन गाउँपालिकाका अध्यक्ष रक्सीको तालमा….

  • अनलाइन डबली

काठमाडौँ । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद फेरि चर्चामा आएका छन् । चुनाव जितेपछि श्रीमतिलाई भान्से नियुक्त गरेपछि चर्चामा आएका साउदले रक्सीको जोसमा मर्यादलाई भुलेपछि चर्चामा आएका हुन् । नेपाली काँग्रेसकै एक कार्यकर्ताले भिडियो उपलब्ध गराएका छन् । उनले अध्यक्ष साउद काठमाडौंमा रक्सीको जोसमा पूर्व नेवि संघका नेता चन्द्र बिकसँग होटलको कोठमा अस्वभाविक देउडा खेलेका छन् । उक्त भिडियो सोही कोठामा रहेका एक कार्यकर्ताले खिचेका थिए ।

नेपाली काँग्रेसले जनप्रतिनिधिलाई काठमाडौँ बोलाएको छ । सोही बोलावटमा साउद पनि काठमाडौँ आएका थिए । दिउँसो पार्टीको कार्यक्रम र नभएको दिनमा मन्त्रालय जाने र साँझ कार्यकर्तासँग होस गुम्ने गरी मापसे गर्ने गरेको एक कार्यकर्ताले बताए । भाइरल भिडियो कहिले र कहाँ भन्ने औपचारिक रुपमा उनले केही बताएका छैनन् । अछामकै एक काँग्रेस कार्यकर्ताका अनुसार उक्त भिडियो हालसालै काठमाडौँको भएको बताएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि साउद लगातार विवादमै रहेका छन् । आफ्नो कार्यकक्ष र निवास विवादित एक व्यपारीको घरमा सार्न लागेको भन्दै स्थानीय राजनीतिका प्रतिनिधिले विरोध जनाएका थिए । आगामी बर्षको बजेट निर्माणको क्रममा आफूलाई महंगो गाडी खरिद गर्ने प्रस्ता गरेका थिए तर बहुमत कार्यपालिकाका सदस्यहरुको विरोधपछि पछि हटेका थिए ।

अध्यक्ष साउदको आलोचना भइरहेको बेला आफ्नी श्रीमतिलाई भान्से नियुक्त गरेपछि थप विवादमा परेका थिए । उक्त निर्णय सामाजिक संजाल तथा संचारमाध्यमहरुमा भाइरल भएको थियो ।

अध्यक्ष साउदले आफूलाई गाडी किन्ने प्रस्तावमा सहमती नदिएको, कार्यकर्ता नियुक्त गर्न र भनेअनुसार बजेट नछुट्याएको भन्दै पालिकाका कार्यकारी अधिकृत रामबहादुर भण्डारीलाई सरुवाको लागि मन्त्रालय र नेताको घरमा धाउँदै आएका छन् । यी विवाद सेलाउन नपाउँदै साउदको मापसेको तालको देउडा खेल भाइरल भएको छ ।

सामाजि संजाल प्रयोगकर्ताहरुले उक्त भिडियो शेयर गर्दै उनको आलोचना गरेका छन् । चुनावको बेला जनताको लागि भन्दै भोट मागेको तर
अहिले आफ्नै व्यक्तिगत स्वार्थको लागि एकपछि अर्को काण्ड मच्चाउँदै आएको भन्दै साउदको चर्को विरोध भइरहेको छ ।

स्थानीय नेकपा माओवादी केन्द्र र नेकपा एमाले कार्यकर्ताको सहयोगमा चुनाव जितेका साउद कार्यपालिकामा अल्पमतमा छन् । अन्तरघात गरेको भन्दै माओवादी र एमालेले उनलाई सहयोग गर्ने कार्यकर्तालाई कारवाहीको प्रस्ताव गरेका छन् । तर दुबै पार्टीले त्यसबारे औपचारिक रुपमा कुनै निर्णय गरेका छैनन् ।

उक्त भिडियाेबारे बुझ्न फाेन गर्दा अध्यक्ष साउदले फाेन अफ गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal