आज :

माओवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति टुंगियो, कुन समितिमा कति जना ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम फाइनल भएको छ । बुधबार बसेको माओवादी स्थायी समिति बैठकले पदाधिकारीबाहेक सबै कमिटीमा रहने नेताहरुको नाम टुंगो लगाएको हो ।

बैठकले ४१ जना सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य र ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले जानकारी दिए।

स्थायी समिति बैठकले थप ८ जनालाई केन्द्रीय समितिमा राखेर कुल ३४१ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको उनको भनाइ छ । सबै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहेका नेताहरुको नाम बिहीबारको स्थायी समिति बैठकपछि सार्वजनिक गरिने छ ।

यस्तै माओवादी केन्द्रले बुधबार बस्ने स्थायी समिति बैठकबाट पदाधिकारीको पनि टुंगो लगाउने भएको छ । त्यसपछि पदाधिकारीमा बस्ने नेताको नाम समेत प्रस्ताव गरिनेछ ।

‘पार्टी बैठकमा भोलि पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ । अहिलेसम्म अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बाहेक कति पदाधिकारी बनाउने भन्ने विषयमा विधानमा स्पष्ट उल्लेख छैन’ एक स्थायी समिति सदस्यले भने, ‘अध्यक्ष प्रचण्ड कमरेडले उपाध्यक्ष,उपमहासचिव,सचिव लगायत कति पदाधिकारी बनाउने भन्ने विषयमा गृहकार्य गर्नुहुन्छ । त्यसपछि पदाधिकारीमा बस्ने नेताको नाम समेत प्रस्ताव गर्नुहुनेछ ।’

कति संख्याको पदाधिकारी बनाउने भन्ने विषयमा फाइनल नभएकाले को को कुन पदाधिकारीमा भन्ने भन्ने टुंगो नलागेको ती नेताले बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पनि संगठन सम्बन्धी एजेण्डामा छलफल केन्द्रित भएको बताए ।

उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal