काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको पहिलो बैठक बुधबारदेखि ललितपुर स्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबारे बैठकमा छलफल हुने बताइएको छ ।
मंसिरको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको भएतापनि एक्लै लड्ने अवस्था सिर्ज भए सो अनुसार पनि चुनाव लड्नुपर्ने गरि जसपाको तयारी छ । जसपाको राजनीतिक समिति १५१ सदस्यीय छ ।