आज :

माधव नेपाल चुनाव लड्न रौतहट फर्किने

  • अनलाइन डबली

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए ।

तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्लाबाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ ।

चुनाव लड्ने तयारीका साथ नेपालले रौतहटमा आउजाउ पनि बढाएका छन् । १६ साउनमा मात्र उनले गौर सभाहल र रामजानकी मण्डप लगायतका योजनाको शिलान्यास गरेका थिए । भदौमा पनि उनी जाने तयारी छ ।

एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । अध्यक्ष नेपाल उम्मेदवार भए सहज जित्ने उनको दाबी छ । स्थानीय तह निर्वाचन–१०७९ को परिणामले पनि रौतहट–१ एकीकृत समाजवादी बलियो देखिएको छ ।

वडाध्यक्षमा पाएको मत जोड्दा रौतहट–१ मा एकीकृत समाजवादीले सबभन्दा धेरै १९ हजार ६९८ मत पाएको छ । १६ हजार ९२८ मतसहित कांग्रेस दोस्रो हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत १२ हजार ६२ छ । जनता समाजवादी पार्टी (जसपा) को ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ । नेकपा एमालेले वडामा पाएको मत ७ हजार ३८५ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal