आज :

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ ।

साथै बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँट देखिएको सकसका बारेमा पनि छलफल हुने भएको छ । माओवादी केन्द्रले निर्वाचनको लागि घोषणापत्र तयार गर्न नेपाल समाजवादी पार्टीका नेतासहितको एक समिति बनाउने तयारी गरिरहेको छ ।

यस विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । माओवादी केन्द्रको चुनाव चिह्नबाट उम्मेदवारी दिने सहमति गरेका डा. बाबुराम भट्टराईले आफूलाई उम्मेदवार बनाउने वा नबनाउने जिम्मा प्रचण्डलाई नै छाडेका छन् ।

२०७२ असोजमा नयाँ संविधान जारी भएलगत्तै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउँदै माओवादी छाडेका भट्टराई एक फन्को मारेर उनकै नेतृत्व स्वीकार गर्न आइपुगेका छन् ।

माओवादी र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच मंगलबार एउटै चुनाव चिह्नबाट ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने र चुनावपछि समाजवादी केन्द्र बनाउने औपचारिक सहमति भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal