आज :

क्रिमियामा युक्रेनको भिषण हमला, जेलेन्सकीले गरे यस्तो घोषणा

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनले क्रिमियामा भिषण हमला गरेको छ । अमेरिकाले दिएको लामो दूरीका हतियारबाट युक्रेनी सेनाले क्रिमियास्थित रुसी सैनिक अड्डाहरुमा युक्रेनी भूमिबाट हमला भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । केही दिन पहिले मात्रै क्रिमियास्थित विमानस्थल र रुसी सेनाको आधार शिविरमा लामो दूरीबाट पनि हमला गरिएको थियो । उक्त हमलाको युक्रेनले केही दिनसम्म औपचारिक रुपमा जिम्मा लिएको छैन । तर युक्रेनी अधिकारीहरुले आफ्नो एयर फोर्सले हमला गरेको बताएका थिए ।

अमेरिकाले दिएको हिमार्स, हापुर्न मिलाइसबाट युक्रेनले क्रिमियामा हमला गरिहरेको बताइएको छ । हिमार्स भन्दा शक्तिशाली हतियारबाट हमला गरेको हुने सक्ने बताइएको छ । अमेरिकाले क्रिमियामा सुपर स्क्यानर एयरक्राप्ट जस्ता हतियारबाट क्रिमियामा युक्रेनबाट हमला गरिएको बताइएको छ ।

यो प्रविधिका हतियार युक्रेनी सेनाले चलाउन नसक्ने भन्दै अमेरिकी सेनाले नै क्रिमियामा हमला गरिहरेको समाचार एजेन्सीहरुले दाबी गरेका छन् । यसबारे अमेरिका र युक्रेनले पनि केही बताएका छैनन् । अमेरिकाको सुपर स्क्यानर एयरक्राप्ट नयाँ एयरक्राप्ट हो । यसले ६ हजार ५ सय किलोमिटरसम्म मार गर्न सक्छ । यो प्रतिघण्टा ९३३ किलोमिटर उड्न सक्छ । १५ हजार २४० मिटरको उचाईबाट जासुस गर्न सक्छ । यसमा ३० सदस्य सवार गर्न सक्छन् । यो सी– १३५ का उपग्रेड भर्जन हो ।

यसले टारगेटको पूरा डेटा स्क्यान गर्छ, रियल टाइम, लोकेशन र पोजिशनको सबै विवरणको जानकारी दिन्छ । यो विमान रोमानिया र ब्ल्याक सीमा धेरैपटक उडान भरिसकेको रुसी संचारमाध्यमहरुले दाबी गरेका छन् ।

यसले एन्डी रेडिएन मिसाइल एजीएम–८८ बाट हमला गर्छ । एन्टी रेडियसन मिसाइलमा फिट गरिएको सिस्टमले निसाना लगाउने क्षेत्रको स्क्यान गरेर सम्पूर्ण विवरण कमाण्डमा पठाउछ । यो मिसाइल हावाबाट जमिनमा निसानामा मार हान्न निकै सक्षम मानिएको छ । यसले इलेकट्रोनिक ट्रासमिसन जडिट सिस्टमले डेटा स्क्यान गर्छ । आरसी–१३५ भी÷डब्ल्यू डेटा संकलन गर्छ र विश्लेषण गरेपछि कमाण्डलाई पठाउछ ।

यसले १५० किलोमिटरसम्म मार गर्छ । यो मिसाइल २ हजार २८० किलोमिटर प्रतिघण्टा उड्न सकछ । यसले यसले ६६ किलो बिस्फोट लिन सक्छ भने यसको तौल ३५५ किलो रहेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रिमिया फिर्ता लिएर मात्रै युद्ध समाप्त हुने बताएका छन् । उनले क्रिमिया फिर्ता लिएरै छोड्ने घोषणा समेत गरेका छन् । सन् २०१४ मा क्रिमियामा भएको जनमत संग्रहले रुससँग युक्रेनसँग छुटिने फैसला गरेको थियो । त्यसपछि रुसले आफूसँग गाभेको थियो । जेलेन्स्कीले क्रिमियामा हमला गरेर युक्रेनबाट रुसलाई पछि हट्न बाध्य पार्ने रणनीति लिएको रक्षाविज्ञहरु बताउँछन् ।

क्रिमियामा हमला हुन थालेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको नयाँ रणनीति बनाइरहेको बताइएको छ । पुटिनले अमेरिकाले युक्रेन पठाएका हतियारलाई परास्त पार्ने प्रविधिको विकास गर्न आदेश दिएका छन् । केही दिन पहिले खेरसनमा रुसले अमेरिकी हिमार्स, हापुर्न सिस्टम ध्वस्त पारेको थियो । उक्त सिस्टम संचालन गरिहरेका ५३ जना अमेरिकासहित पश्चिमा देशका सैनिकको पनि मृत्यु भएको रुसी रक्षा मन्त्रालयले बताएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal