आज :

बन्चरे डाँडामा हवाई फायर, बालेनविरुद्ध स्थानीयको नाराबाजी

  • अनलाइन डबली

काठमाडौं । आज पनि बन्चरे डाँडामा तनाव उत्पन्न भएको छ । काठमाडौंबाट फोहोर बोकेर त्यहाँ पुगेका ट्रकहरुलाई स्थानीयले रोकेपछि तानाव सुरु भएको हो । आफूहरुका माग पूरा नगरेको भन्दै स्थानीयबासीले फोहोर विसर्जन गर्न नदिने बताउँदै थिए । तर काठमाडौंबाट फोहोर बोकेका ट्रकहरु बन्चरे पुगेका थिए ।

आफूहरुको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्दै स्थानीयले ट्रकलाई रोक्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । फोहोर विसर्जन गर्न नदिएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको छ । प्रहरीले लाठी प्रहार गरेपछि स्थानीयले ढुंगामुढा गरेको बताइएको छ ।

प्रहरीले हवाई फायर गरेर स्थितिलाई नियन्त्रण लिन खोजेको छ । स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ । बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएको बताइएको छ ।

केही समय फोहोर विसर्जनको काम राेकिएको थियो । फोहोर विसर्जन सहज बनाउन काठमाडौं र नुवाकाेट प्रहरी खटिएका छन् ।

प्रहरीले बल प्रयोग गर्न खोजेपछि स्थानीयले काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले चुनाव जितेपछि साहले पुगेको बेला सबै माग पूरा गर्ने भनेको तर अहिलेसम्म कुनै पहल नगरेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal