आज :

माओवादी केन्द्रको यस्तो निर्णयले पार्टीभित्र हलचल, बाबुरामसँगै वामदेवले पनि पाए चुनाव चिह्न

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ।

मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका आमन्त्रित स्थायी समिति पेशल खतिवडाका अनुसार भट्टराईलाई चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लडेर दिने औपचारिक निर्णय भएको छ।

तर, वामदेवको हकमा चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ । नेपाल समाजवादी पार्टीबाट अध्यक्ष बाबुराम भट्टराईसहित ६ जना नेताले प्रतिनिधि सभामा दाबी गर्ने तयारी गरेका छन् ।

बाबुराम नेतृत्वको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर निर्वाचनमा जाने निर्णय गरेपछि पार्टीबाट ६ जनाले चुनाव लड्ने इच्छा देखाएका हुन् ।

आगामी मंसिर ४ गते हुने चुनावमा एउटै चुनाव चिह्नमा लड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम सहित नेता कार्यकर्ता आज निर्वाचन आयोग जाने भएका छन् ।

हँसिया हथौडा चुनाव चिन्हमा लड्ने निर्णय गरेपछि बाबुराम गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । २०७४ सालको चुनावमा बाबुराम काँग्रेससँग तालमेल गरेर निर्वाचित भएका थिए । यो चुनावमा भने पाँच दलीय गठबन्धनबाट गोरखा २ बाट चुनाव लड्ने तयारी गरेका हुन ।

यस्तै अर्का अध्यक्ष महेन्द्र राय यादव सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन् । पाँच दलीय गठबन्धनबाट यादवले चुनाव लड्ने गरि चुनावी गतिविधि अघि बढाएका छन् ।

यस्तै बाबुराम पुत्री एवम् नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने घोषणा गरिसकेकी छिन् । काठमाडौं क्षेत्र नम्बर ६ वा ७ बाट चुनाव लड्ने योजना बनाएकी छिन् ।

यस्तै नेपाल समाजवादीका नेता गंगा नारायण श्रेष्ठले सिन्धुली २ बाट, भक्तबहादुर शाहले जाजरकोट, विश्वदीप पाण्डेले रुपन्देही क्षेत्र नम्बर २ बाट दाबी गर्ने तयारी गरेका छन् । श्रेष्ठ, शाह र पाण्डेले प्रतिनिधि सभामा टिकट नपाएमा प्रदेश सभा चुनाव लड्ने योजना बनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal