आज :

प्रतिनिधि सभा बैठक आज बस्दै, राष्ट्रपति कार्यालयबाट फिर्ता भएको विधेयकबारे जानकारी गराइने

  • अनलाइन डबली

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ ।  बिहान ११ बजे बस्ने आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मै फिर्ता पठाएसँगै पक्ष–विपक्षमा बहस बढेको छ । पहिले यिनै अन्तर्वस्तुसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश पेस गर्दा कुनै समय नलिई पारित गरेकी राष्ट्रपतिले उच्चतम जनप्रतिनिधिमूलक थलो संसद्का दुवै सदनबाट पारित विधेयकलाई भने फिर्ता पठाएपछि द्वैध मापदण्ड अपनाएको आरोप लागेको छ ।

यद्यपि, प्रमाणीकरणका लागि आएको विधेयक पुनर्विचारका लागि पुनः संसद्‌मा पठाउने अधिकार राष्ट्रपतिलाई संविधानले नै दिएको छ । खालि विशुद्ध रूपमा समग्र नागरिक तथा राष्ट्रहित सोचेर संवैधानिक दायित्व पूरा गरेकी हुन् वा यो कदम राजनीतिक उद्देश्यबाट प्रेरित छ भन्नेचाहिँ प्रश्न हो ।

त्यसैगरी अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्ने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक दफावार छलफलका लागि प्रस्ताव गर्ने र आजै पारितका लागि प्रस्ताव गर्ने, प्रत्यायन विधेयकमाथिको दफावार छलफल र पारितका लागि सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal