आज :

आजबाट एक महिनासम्म नेपाल र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास, चीनले देखायो चासो

  • अनलाइन डबली

काठमाडौँ । आजबाट नेपाली सेनाले अमेरिकी सेनासँग एकमहिने संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आजबाट सुरु भएको सैन्य अभ्यास भदौ ३१ सम्म चल्नेछ । संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागी हुनेछन् ।

अभ्यासमा छाउनी र नगरकोट इलाकामा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त अभ्यासमा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गरेर नेपाली सेनाले सशस्त्र द्वन्द्व सम्बन्धी कानुन र सैन्य निर्णय प्रक्रिया (एमडीएमपी) लगायतका विषयमा सैन्य अभ्यास हुने जनाएको छ । संयुक्त सैन्य अभ्यसाको लागि अमेरिकी सेना क्याप्टेन ब्लेक डकाटेलको नेतृत्वमा अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइसकेको छ ।

नेपालमा कुनै खाले द्वन्द्व नभएको बेला जनयद्धको बेलामाझैं संयुक्त सैन्य अभ्यास हुन लागेको हो । जनयुद्धदेखि अमेरिकी सेनाले नेपाली सेनाले तालिम र अभ्यास गराउन सुरु गरेको थियो । सन् २०१५ देखि संयुक्त सैनिक अभ्यासका रुपमा ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ लाई अघि बढाएको थियो ।

नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास सुरुवात गरेको थियो । जुन एक वर्षमा एक पटक नेपाल र अर्को पटक भारतमा गरि दुई पटक हुँदै आइरहेको थियो । तर कोभिड–१९ को संक्रमणको कारण संयुक्त तालिम नियमित रूपमा भने हुन सकेको छैन ।

त्यस्तै नेपालले चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास सुरु गरेको थियो । यसैबीच चीनले सैन्य अभ्यासबारे चाँसो देखाएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal