आज :

अमेरिकी सेनाको एक टोली काठमाडौंमा, बाइडनकी विशेष दूत जेसिका पनि भेटघाटमा व्यस्त

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी वायु सेनाको टोली नेपाल आएको छ । उक्त टोली सोमबार विहान युएस एअरफोर्सको सी १३० उडानबाट काठमाडौं ओर्लिएको बताइएको छ । नागरिक उड्डयन प्राधिकरण,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोत अनुसार अमेरिकी सेना ल्याएको विमान साढे दश बजे त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्ड गरेको हो ।

स्रोतहरुका अनुसार नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन अमेरिकी सैनिकको टोली नेपाल आएको बताइएको छ । टोलीमा दश जना रहेका छन् ।

त्यसैगरी एक जना अमेरिकी कुटनीतिज्ञ पनि काठमाडौंमै रहेकी छन् । अमेरिकी विशेष दूत जेसिका स्टर्न आइतबारदेखि काठमाडौंमा उच्चस्तरिय भेटवार्तामा रहेकी छन् । विशेष दूत स्टर्न सिंहदरबारस्थित संसद सचिवालय गएको बताइएको छ ।

संसद सचिवालयमा कानुन,न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलसँग भेट गरेकी बताइएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार र नेपालमा द्वन्द्व पीडितको बारेमा स्टर्नले चाँसो व्यक्त गरेको बताइएको छ । स्टर्न राष्ट्रपति जो बाइडनको दूतको रुपमा नेपाल आएको बताइन्छ ।

सरकारले संक्रमणकालिन न्यायलाई टुंगो लगाउन संसदमा विधेयक दर्ता गरेको बेला अमेरिकी दूतले चाँसो राख्दै भेटघाट गरिनुलाई अर्थपूर्ण रुपमा हेरिको छ । एकथरी द्वन्द्वपीडितले सरकारले ल्याएको विधेयकको विरोध गरिरहेका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal