आज :

देशको विकासका लागि सम्पूर्ण तागत लगाउने बेला आएको छ- प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशको स्थायित्व र विकासका लागि नेपालको विकासको स्वरूप आफ्नै प्रकारको हुनुपर्ने बताए ।

नेपाली मोडलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भूगोल, संस्कृति र जातीय बनावटअनुकूल नेपाली स्वरूपको विकास गर्न सक्नुपर्ने उनले बताए।

अध्यक्षप्रचण्डले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्न लगायतका काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गर्‍यौँ । अब देशको स्थायित्व र विकासको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ ।’ प्रचण्डले भने – ‘मैले गर्ने संकल्प पनि अब एकचोटी फेरि देशको आर्थिक समृद्धिको निम्ति नेपाली जनताले चाहेअनुसार विकासको एउटा नयाँ मोडेलको विकास गर्नकै निम्ति आफूलाई समर्पित गर्ने मैले प्रतिबद्धता व्यक्त गर्दै आएको छु र आज तपाईहरुको यो कार्यक्रममार्फत पनि त्यो व्यक्त गर्न चाहन्छु । नेपालको विकासको मोडेल नेपालको जस्तै हुनुपर्दछ ।’

आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्नुपर्ने पनि उनको भनाइ छ । उनले अगाडि भने, ‘विगतमा कतिपयले सिंगापुरजस्तो, स्विजरल्यान्डजस्तो, जापानजस्तो इत्यादि भन्ने पनि गरेका छौँ । तर अहिले सबैतिरको स्थिति हेर्दा हामीले नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ । हाम्रो इतिहास, भूगोल, संस्कृति, हाम्रो जातीय बनोटअनुसार नै त्यसैको अनुकुल नेपाली मोडेलको विकास हामीले गर्न सक्नुपर्दछ । राष्ट्रलाई समृद्ध बनाउनको निम्ति संस्कृतिको, कलाको, पत्रकारिताको वा विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाहरुको निकै ठूलो भूमिका छ । किनकि भौतिक विकासले मात्रै पनि मानिसहरुको जीवन र समाज सुमधुर हुन सक्दैन ।’ कला र संस्कृतिले मानिसलाई सफल जीवन बाँच्नका लागि प्रेरणा दिने उनको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal