आज :

पेलोसी भ्रमणले उत्पन्न तनाव सेलाउन नपाउँदै अमेरिकी प्रतिनिधिमण्डल फेरी ताइवानमा, चीनले चाल्यो यस्तो कदम

  • अनलाइन डबली

एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ ।

पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डलले ताइवानको भ्रमणमा आएको हो । अमेरिकी सांसदहरूको पछिल्लो भ्रमणको नेतृत्व म्यासाचुसेट्सका सिनेटर मार्कीले गरेका छन् ।

प्रतिनिधिमण्डलले ताइवानका वरिष्ठ नेतासँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति शृङ्खला, जलवायु परिवर्तन र पारस्परिक हितका अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ ।

चीनको निरन्तर सैन्य चेतावनीबीच ताइवानले आइतबार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको संयुक्त रूपमा संरक्षण गर्न र ताइवान स्ट्रेटमा सुरक्षाको रक्षा गर्न भारतलगायत सबै समान विचार भएका राष्ट्रहरूसँग घनिष्ठ समन्वय कायम राख्दै आफ्नो आत्मरक्षा क्षमतालाई निरन्तर बढाउने बताएको छ ।

यसैबीच एघार चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्य रेखा पार गरेर आइतबार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन् । चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ ।

तर, गत साताको तुलनामा चिनिया गतिविधि न्यून छन् । जनवादी गणतन्त्र चीनले यस टापुमा कहिल्यै शासन नगरेको हुनाले यसलाई दाबी गर्ने वा यसको भविष्यको निर्णय गर्ने अधिकार नभएको ताइवान सरकारले बताउदै आएको छ ।

बेइजिङमा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओत्सेतुङको कम्युनिष्ट पार्टीसँग गृहयुद्ध हारेपछि पराजित गणतन्त्र चीनको सरकार सन् १९४९ मा ताइवान भागेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal