आज :

एमाले महाधिवेशनः ओलीको वर्चस्व कायमै, यी हुन् चुनाव जित्ने १९ पदाधिकारी

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेकोे निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।

ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।

यस्तो छ एमालेको १९ सदस्यीय पदाधिकारी

उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेलले बाजी मारेका छन् ।

उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भए । सचिवमा भने छविलाल विश्वकर्मा,भानुभक्त ढकाल,पद्मा अर्याल, खगराज अधिकारी,यामलाल कँडेल,राजन भट्टराई,शेरधन राई,हिक्मत कार्की,महेश बस्नेतले बाजी मारेका छन् ।

अन्तिम परिणामले ओलीको वर्चस्व कायमै रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal