आज :

मधेश सरकारको जनकपुरधाम केन्द्रित आन्दोलन औचित्यहीन- लोसपा

  • अनलाइन डबली

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले औचित्यहीन बताएको छ ।

लोसपाले प्रहरी समायोजन कार्यान्वयनको जिम्मा बोकेका नेपाल सरकारलाई जनकपुरधाममा धर्ना बसेर दबाव दिन नसकिने बताएको छ ।

लोसपाका संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनल सर्वसम्मतले प्रहरी समायोजन विधेयक पारित भएपछि यसको कार्यान्वयनको जिम्मा नेपाल सरकारको भएको बताए ।

यहाँ आन्दोलन गरेर केहि नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाव दिन काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।

‘प्रदेशमा जति दल सरकारमा सहभागी छन्, ती दल त केन्द्रीय सरकारमा पनि छन्’ उनी भन्छन्, ‘उनको साथमा गएर न आन्दोलन गर्ने हो । प्रदेशमा सबै त सरकारकै साथमा छ । यहाँ आन्दोलन गरेर के मिल्छ ? हामीलाई त नेपाल सरकारको विरुद्धमा आन्दोलन गर्नुछ ।’

प्रदेशमा गरिएको आन्दोलनको कुनै औचित्य नरहेको भन्दै उनी आन्दोलन काठमाडौं केन्द्रीत गर्नुपर्ने बताउँछन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले आइतबारदेखि जनकपुरधाममा धर्ना दिन सुरु गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal