आज :

धारे हात लगाउँदै निस्किएका बाबुराम फर्किए, माओवादीको चुनाव चिन्ह लिएर गाेरखाबाट लड्ने

  • अनलाइन डबली

काठमाडौँ । डा. बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर चुनाव लड्ने भएका छन् । आइतबार माओवादी अध्यक्ष प्रचण्डसँग भएको भेटमा भट्टरार्इँ माओवादीको चुनाव चिन्ह लिएर चुनाव लड्न तयार भएका हुन् ।

आज विहान ७ बजे बाबुराम प्रचण्ड निवास खुमलटार पुगेका थिए । अध्यक्ष प्रचण्ड र भट्टराईबीच करिब एक घण्टा छलफल चलेको थियो । यसअघि पनि प्रचण्ड र भट्टराईबीच पनि चुनावलाई लिएर छलफल भएको थियो । छलफलमा भट्टराई प्रदेश र प्रतिनिधिसभामा माओवादी चुनाव चिन्हमा चुनाव लड्ने सहमति भएको थियो ।

सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको बताइएको छ । त्यस्तै, एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ । बाबुराम अाफू गाेरखाबाट चुनाव लड्ने तयारीमा छन् ।

भट्टराईले जसपाबाट लगल भएर नेपाल समाजवादी केन्द्र पार्टी गठन गरेका थिए । नेपालमा कम्युनिस्टका औचित्य सकिएको भन्दै नयाँ शक्ति बनाएका बाबुराम जसपा हुँदै फेरि माओवादीमै फर्किन लागेको बताइएको छ । चुनाव चिन्ह र घोषणा पत्र एउटै बनाउनु भनेको बाबुराम माओवादीमा फर्किएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal