आज :

विमानस्थलमा अचानक गोली चल्यो, १ जना पक्राउ, खाली गराइयो एयरपोर्ट

  • अनलाइन डबली

काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा गोलीबारीको खबर आएको छ । गोलीबारीको यस घटनापछि विमानस्थल खाली पारिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरुले तीनवटा गोली चलेको आवाज सुने । प्रहरीले एक संदिग्ध व्यक्तिलाई हिरासतमा पनि लिएको छ । हालसम्म कोही पनि घाइते भएको कुनै पनि सुचना प्राप्त छैन ।

केन्द्रीय प्रहरीले विमानस्थलको अनुसन्धान गरिरहेको छ । यसबारे विस्तृत जानकारी प्राप्त हुनै बाँकी छ । यो गोलीबारी टर्मिनल ‘के’ को चेक–इन पोइन्टमा भएको हो ।

यसैबीच शुक्रबार न्युयोर्क राज्यमा छुरा प्र हारमा परेका प्रख्यात लेखक सलमान रुस्दीलाइ भेन्टिलेटरबाट बाहिर निकालिएको जनाइएको छ । उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पुष्टि गरे ।

त्यस्तै उनी बोल्न सक्ने अवस्थामा रहेको पनि अमेरिकी सञ्चार माध्यम वासिंगटन पोस्टले जनाएको छ । उनको स्वास्थ्यबारे थप विवरण भने दिइएको छैन् ।

यसअघि भारतीय मूलका बेलायती लेखक रुस्दीलाई छुरा प्र हार गरेको आशंकामा पक्राउ परेका हाडी मटरले न्युयोर्कको एक अदालतमा आफू दोषी नभएको दाबी गरेका थिए ।

ज्यान मार्ने प्रयास र कुटपिट गरेको अभियोगमा मटरलाइ शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई चौटौका काउन्टी कारागारमा थुनामा राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal