आज :

अमेरिकाले क्रिमियामा हमला गरेको हो ? भयो यस्तो सनसनीपूर्ण खुलासा, जवाफ दिने पुटिनको तयारी

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनसँग छुटिएको क्रिमियास्थित रुसी सैन्य आधार शिविरमा अमेरिकाले हमला गरेको रुसी संचारमाध्यमहरुले दाबी गरेका छन् । अमेरिकाले सुपर स्क्यानर एयरक्राप्टबाट एन्टी रेडिएशन मिसाइल हमला गरेको खुलासा भएको छ ।

युक्रेनी अधिकारीहरुले आफ्नो एयर फोर्सले क्रियामियामा हमला गरेको दाबी गरेको छ तर उसँग यो स्तरको हमला गर्न प्रविधि र दक्ष जनशक्ति नभएको रक्षाविज्ञहरु बताउँछन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रियामिया फिर्ता नलिएसम्म रुससँग युद्ध समाप्त नहुने बताएको केही दिनमै हमला भएको छ ।
यही अगस्ट १० मा क्रियामियास्थित रुसी सैन्य शिविरमाथि अमेरिकाले गोप्य रुपमा हमला गरेको दाबी गरिएको छ ।

क्रिमियाको एयरपोर्टमा पनि तीन ठूलो हमला भएका थिए । हमलाबारे रुसले औपचारिक रुपमा केही बताएको छैन । तर, अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सेटलाइटबाट लिएका तस्वीर सार्वजनिक गरेका छन् ।

त्यसमा रुसी सेनाका विशेष लडाकु विमान ध्वस्त भएको देखिएको छ । रुसको ठूलो सैन्य गाडीहरु पनि ध्वस्त भएको फोटोमा देखिन्छन् । अमेरिकाले सुपर स्क्यानर एयरक्राप्टबाट हमला गरेको दाबी गरिएको छ । यो अमेरिकाका सबैभन्दा शक्तिशाली र नयाँ एयरक्राप्ट हो ।

यसले ६ हजार ५ सय किलोमिटरसम्म मार गर्न सक्छ । यो प्रतिघण्टा ९३३ किलोमिटर उड्न सक्छ । १५ हजार २४० मिटरको उचाईबाट जासुस गर्न सक्छ । यसमा ३० सदस्य सवार गर्न सक्छन् । यो सी– १३५ का उपग्रेड भर्जन हो ।

यसले टारगेटको पूरा डेटा स्क्यान गर्छ, रियल टाइम, लोकेशन र पोजिशनको सबै विवरणको जानकारी दिन्छ । यो विमान रोमानिया र ब्ल्याक सीमा धेरैपटक उडान भरिसकेको रुसी संचारमाध्यमहरुले दाबी गरेका छन् ।

यसले एन्डी रेडिएन मिसाइल एजीएम–८८ बाट हमला गर्छ । एन्टी रेडियसन मिसाइलमा फिट गरिएको सिस्टमले निसाना लगाउने क्षेत्रको स्क्यान गरेर सम्पूर्ण विवरण कमाण्डमा पठाउछ । यो मिसाइल हावाबाट जमिनमा निसानामा मार हान्न निकै सक्षम मानिएको छ । यसले इलेकट्रोनिक ट्रासमिसन जडिट सिस्टमले डेटा स्क्यान गर्छ ।

आरसी–१३५ भी÷डब्ल्यू डेटा संकलन गर्छ र विश्लेषण गरेपछि कमाण्डलाई पठाउछ । यसले १५० किलोमिटरसम्म मार गर्छ । यो मिसाइल २ हजार २८० किलोमिटर प्रतिघण्टा उड्न सकछ । यसले यसले ६६ किलो बिस्फोट लिन सक्छ भने यसको तौल ३५५ किलो रहेको छ ।

अमेरिकाले गरेको यो हमलाको रुसले जवाफ दिने तयारी गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ योजना बनाइरहेको बताइएको छ ।

भारतीय टेलिभिजन न्यूज नेशनमा प्रसारित एक रिपोर्टअनुसार युक्रेनले अमेरिकालाई लगाएर क्रिमियामा हमला गर्न लगाएर गल्ती गरेको छ । यसले युक्रेनको सम्भावित अस्तित्व पनि समाप्त गरेको बताइएको छ । यस हमलाले रुसले युक्रेनसँगको वार्ता र संवादको च्याप्टर क्लोज गरिदिएको छ ।

अमेरिकी नै हमलामा उत्रिएपछि रुसले पनि उच्च स्तरको तयारी गरेको छ । उसले बेलारुसमा पनि आणविक हतियार तयारी अवस्थामा राखेको छ । अमेरिका नै यसरी मैदानमा उत्रिएपछि रुसले आणविक अस्त्र प्रयोग गर्न बाध्य हुन सक्ने सम्भावन बढेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal