आज :

विप्लव नेकपासहित चार कम्युनिस्ट पार्टीद्वारा नेपाल बन्दको घोषणा, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना चार पार्टीले नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेका छन् । शुक्रबार बसेको चार पार्टीको बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकपछि संयुक्त रुपमा विज्ञप्ति गरी एमसीसी सम्झौता, तीन बुँदे सम्झौता कार्यान्वन नगरेको र नेकपाका नेता कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको विरोधमा ज्ञापनपत्र बुझाउनेदेखि नेपाल बन्दको घोषणा गरेको जानकारी गराइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्टका महासचिव आहुति, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले हस्ताक्षर गरेका छन् ।

संघर्षका कार्यक्रमअनुसार भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ४ गते देशव्यापी विरोधसभा तथा काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीय विरोधसभा, ६ गते देशव्यापी मसाल जुलुस र ७ गते नेपाल बन्द घोषणा गरिएको छ ।

यस्तो छ तीन बुँदे विज्ञप्तिः १. हामी चार क्रान्तिकारी कम्युनिस्ट पार्टी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बँुदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव क. विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्ब संघषर्का कार्यक्रमहरु सञ्चालन गर्दै आएको स्पष्टै छ । तर यो दलाल सरकार भने गैरजिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको छ । राज्यको यो रवैयाको हामी कडा रुपले निन्दा गर्दछौं र यथासिघ्र एमसिसि र एसपिपि, पक्राउ पुर्जी र झुठ्ठा मुद्दाको खारेजी,संपूर्ण बन्दी कमरेडहरुको रिहाई र आकासिदो महङ्गी नियन्त्रण गर्न माग गर्दछौं ।

२. राज्य आतङ्क , राष्ट्रघाती र जनघातीसरकारका गलत कार्य सच्याउन, सुधार्न र रोक्न हामीसंग जनजागरण, जनहस्तक्षेप र जनसंघर्ष गर्नुबाहेक अर्को विकल्प छैन । तसर्थ राज्य गलत बाटोमा हिड्ने जुनमूर्खता गरिरहेको छ त्यसलाई रोक्न चार कम्युनिस्टले जनसंघर्षका कार्यक्रमहरु घोषणा गरेका छौँ । घोषित जनसंघर्षका कार्यक्रमहरुलाई पूर्ण सहयोग र समर्थन गरी जनविरोधी राज्यको हर्कतलाई परास्त गर्न हामी सम्पूर्ण प्रगतिशील, वामपन्थी, देशभक्तर क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुलाई हार्दिक आग्रह गर्दछौं ।

३. जनताका मुद्बाहरुको बेवास्ता गरिएमा थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने जानकारी पनि यसै बक्तब्यमार्फत सार्वजनिक गर्दछौ । संघर्षका कार्यक्रमहरुः साउन २७ गते संघर्षका कार्यक्रमहरुको घोषणा, भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत  प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोधसभा,काठमाडौँ उपत्यकाकोमाईतिघर मण्डलामा केन्द्रीत विरोधसभा,
भाद्र ६ गते देशव्यवपी मशाल जुलुस र भाद्र ७ गते नेपाल बन्द ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal