आज :

सकियो प्रचण्ड-बाबुराम बैठक, के भयो सहमति ?

  • अनलाइन डबली

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् ।

बिहीबार ललितपुरको हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग भएको भेटमा भट्टराईले माओवादी केन्द्रमा नफर्किने बताएका हुन् । भेटका क्रममा प्रचण्डले पार्टीमा फर्किन आग्रह गरेकामा भट्टराईले अनिच्छा देखाएका हुन् ।

आफू माओवादीमा नफर्किने तर सत्ता गठबन्धनमा समेट्नका लागि भूमिका खेल्नका लागि भट्टराईले प्रचण्डलाई आग्रह गरेको उनी निकट एक नेताले बताए ।

‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गरेपछि त्यस आन्दोलनमा हामीसँगै छौ । हाम्रो पार्टी विभाजन भएर नयाँ परिस्थिति बनेपछि अहिले फरक ठाउँमा छु’ भट्टराईको भनाइ उदृत गर्दै ती नेताले भने, ‘अहिलेकै अवस्थामा माओवादीमा फर्किने अवस्था छैन । मलाई यो पाँच दलीय गठबन्धनमा समेट्न भूमिका खेलिदिनु पर्‍यो । म यहीँ गठबन्धनकै एक हिस्सेदार हुँ ।’

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्दा पनि भट्टराईले गठबन्धनमा समेट्न आग्रह गरेका थिए । देउवासँगको भेटमा भट्टराईसहित अर्का अध्यक्ष महेन्द्र राय यादव समेत पुगेका थिए ।

सो क्रममा देउवाले गठबन्धनमा समेट्ने बचन दिएका थिए । त्यसकै सिलसिला स्वरुप बाबुरामले प्रचण्डलाई पनि भेटेर गठबन्धनमा समेट्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal