आज :

पुष्कर भारतबाट फर्केको रात संगै बित्यो, बिहान पत्नी र २ छोराछोरी यस्तो अवस्थामा देख्दा गाउँ नै स्तब्ध

  • अनलाइन डबली

बझाङ । बझाङको बुङ्गदल गाउँपालिका–९ स्थित रारुमा बुधवार बिहान एकै परिवारका ३ जना मृत भेटिए । २२ वर्षीया दीपा पार्की उनका ५ वर्षकी छोरी भूमिका र ३ वर्षका छोरा मोहित घर नजिकै बेडुलोको रुपमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

दीपाका पति पुष्कर पार्की मंगलबार राति भारतको उत्तराखण्डबाट घर आइपुगे । घटनास्थलमा पुगेका प्रहरी इन्स्पेक्टर जनक ढुंगानाका अनुसार पुष्कर राति सवा १ बजेतिर घरमा आइपुगेका हुन् ।

रातिसँगै खाना खाएर उनीहरु सुतेका थिए । तर, बिहान उठ्दा दुई नाबालक छोरा छोरी र पत्नी झुण्डिएको थिए । गाउँलेले घर नजिकै रुखमा पत्नी र दुई नाबालक झुण्डिएको खबर गरेपछि आफुले थाहा पाएको पुष्करले प्रहरीलाई बताएका छन् ।

उनि राति सवा १२ बजेतिर घरमा आइपुगेका थिए । ‘थाकेर आएको थिएँ, खाना खाएर सुतेँ’ पुष्करले प्रहरीसँग भनेका छन्–‘बिहान गाउँलेले हल्ला गरेपछि हेर्न जाँदा श्रीमती र मेरा दुई छोराछोरी झुण्डिएको देखेँ ।’

दीपा पार्की नाम्लोमा र दुई नाबालक चुन्नीमा पासो लागेर झुण्डिएको अवस्थामा शव भेटिएको छ । प्रहरीले शव जाँच मुचुल्का गरेर जिल्ला सदरमुकामतर्फ ल्याउँदै छ ।

घटनास्थलमा पुगेर पारिवारिक अवस्था र विगतको अवस्थाबारे सोधपुछ गरिएको र थप अनुसन्धान भइरहेको इन्सपेक्टर ढुंगानाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal