आज :

भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्रीको समापन

  • अनलाइन डबली

श्रावण २६ , काठमाडौँ । राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्रीको समापन गरेको छ । मंगलबार काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्रीको समापन गरिएको हो । राजोपाध्याय समाजको आयोजनामा काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय ब्राह्मणहरुबाट विभिन्न पूजा पाठ गर्दै पंचाभिषेक रूद्रीको समापन गरिएको हो ।
१०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, ९ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ख पाठ गरिएको थियो भने १० हजार संख्याको अयुताहुति यज्ञसमेत सम्पन्न गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसमेत कार्यक्रममा उपस्थित भई पूजामा सरिक भएका थिए । साथै मन्त्री श्रेष्ठले काठमाडौंका ओमधरानन्द राजोपाध्यायबाट संकलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक समेत सार्वजनिक गरेका थिए । समाजका प्रतिििनधहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले पवित्र र भव्य धार्मिक अनुष्ठानमा सहभागी हुन पाउँदा निकै आनन्द र खुसी लागेको बताउनुभयो । नेपालको मौलिक पहिचान र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न यस अनुष्ठानहरुको आयोजना गरिरहनुपर्ने विचार मन्त्री श्रेष्ठले राख्नुभयो ।
काठमाडौं उपत्यकाका आदिवासी राजोपाध्याय ब्राह्मणहरुको छाता संगठन राजोपाध्याय समाजले कोरोना महामारीबाट मुक्तिको कामना गर्दै गत वर्षबाट पञ्चाभिषेक रूद्री पाठ कार्यक्रमको सुरुवाट गरेको थियो । २०७८ श्रावण १२ गतेबाट सुरु गरिएको कार्यक्रममा काठमाडौं उपत्यकाका तीनवटै शहरहरुको शिवालयमा एकै दिन एकै समयमा पाँच पाँच जना देव ब्राह्मणहरुबाट रूद्री पाठ हुँदै आएको थियो । यस क्रममा काठमाडौंमा महिन्द्रेश्वर महादेव मखनमा, पाटनमा विश्वेश्वर महादेव मंगलबजार र भक्तपुरमा तिलेश्वर महादेव टौमढीमा मासिक रूपमा रूद्री पाठ गरिँदै आएको हो । मासिक रूपमा हुँदै आएको कार्यक्रम अन्तर्गत गत असार ११ गतेका दिन १२ औं पटकको कार्यक्रम सम्पन्न भएपछि मंगलबार यसको औपचारिक समापन गरिएको हो ।
सबैको साथ र सहयोग रहे यस किसिमका कार्यक्रम हरेक वर्ष गर्दै जाने समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal