आज :

एमाले बैठक बस्दै, चुनावी रणनीति तय गर्ने

  • अनलाइन डबली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ ।

एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरुका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सवै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ ।

‘सुरुमा केन्द्रीय कार्यालयको बैठक बस्छ । केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठक बोलाउँछ । सचिवालयले स्थायी कमिटी, स्थायी कमिटीले पोलिटब्युरो र पोलिटब्युरोले केन्द्रीय कमिटी बैठक बोलाएर निर्वाचन लक्षित कार्यक्रम र कार्ययोजना तय गरिन्छ’, एमालेका एक नेताले भने । एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताए ।

बैठक बस्ने निश्चित भए पनि समय तय भैनसकेकोउनले बताए । आज भोलिभित्रै सचिवालय बैठक बसेर अरु बैठक कहिले कहिले बस्ने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ ।

एमालेको विधानअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्ने जिम्मा केन्द्रले नै पाएको छ । तर विगतको परम्पराअनुसार औपचारिकता लागि प्रदेश र जिल्ला कमिटीबाट समेत सम्भावित उम्मेदवारबारे सुझाव माग्न सकिने एमाले नेताहरुको भनाइ छ ।

५ दलीय सत्ता गठबन्धन मिलेर चुनाव लड्ने तयारी गरिरहेका बेला एमालेले उम्मेदवार छनोट गर्दा जित्न सक्ने र टिक्न सक्ने उम्मेदवारको खोजी गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal