आज :

मन्त्रिपरिषद् हेरफेर, को-को बने नयाँ मन्त्री ?

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् हेरफेर भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा(कार्चेन)को जिम्मेवारी सकिएसँगै मन्त्रिपरिषद हेरफेर भएको हो।

मुख्यमन्त्री जीवनबहादुर शाहीले हाल उक्त मन्त्रालय आफैंसँग राखेका छन्। उक्त मन्त्रालयमा माओवादी केन्द्रबाट गैरसांसद लामा मन्त्री भएका थिए।

प्रदेश प्रमुख कार्यालय निमित्त सचिव भीमराज थानीका अनुसार प्रदेश प्रमुख तिलक परिवारले मंगलबार मुख्यमन्त्री शाहीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।

विवादका बीच कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका माओवादीका छिरिङ डम्डुल लामा (कार्चेन)को पद सोमबार सकिएको हो।

गएको २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका गैरसांसद लामाको पदावधि साउन २३ गतेदेखि सकिएको हो। सांसद प्रदेश वा संघमा सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ।

सोही व्यवस्थामा टेकेर माओवादी कर्णाली प्रदेश सभा दलले गरेको सिफारिसका आधारमा मुख्यमन्त्री जीवनबहादुर शाहीले लामालाई उद्योगमन्त्री बनाएका थिए।

लामाको पदावधि सकिएपछि उनको ठाउँमा माओवादीबाट नै मन्त्री बन्ने भएका छन्। नेकपा माओवादी केन्द्रले उद्योगमन्त्री अब कसलाई बनाउने भन्ने विषयमा आज छलफल गरेको थियो। छलफलले नाम सिफारिस गर्न भने सकेन।

नाम सिफारिस गर्ने जिम्मा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिइएको छ। ‘संसदीय दलमा छलफल चलेको हो, खासै निष्कर्ष निस्किएन,’ माओवादी कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक कृष्णा शाहले भनिन्, ‘यो जिम्मा दलका नेतालाई दिइएको छ।’

प्रमुख सचेतक शाहका अनुसार अबको बढीमा दुई दिनभित्र मन्त्री बन्ने नाम टुंगो लाग्ने छ। माओवादीका कर्णालीमा ११ जना सांसदमध्ये मन्त्री बन्न बाँकी तीन जना मात्र छन्।

प्रमुख सचेतक जाजरकोटका शाह, रूकुम पश्चिमका रातो कामी र डोल्पाका वीरबहादुर शाही मन्त्री हुन बाँकी छन्। तीनैमध्ये एक जना अब उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने देखिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal