आज :

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच सम्झौता, प्रभुका ग्राहकलाई उपचारमा आाकर्षक छुट

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा .लि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा .लि तर्फबाट अध्यक्ष डा.गणेश साहले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टल हस्पिटल प्रा .लि. का सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

तर, बिल रकम रु. ५०० भन्दा कम भएमा छुट प्रदान नहुने जानकारी बैंकले गराएको छ । सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal