आज :

माओवादीले चासो देखाएपछि बाबुरामलाई पनि समेट्न सत्ता गठबन्धनमा छलफल

  • अनलाइन डबली

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई समावेश गराउने विषयले प्रवेश पाएको छ । सोमबार बसेको सत्ता गठबन्धनको कार्यदल बैठकमा नेसपालाई पनि समेट्नुपर्ने प्रस्ताव आएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदल बैठकमा माओवादीबाट कार्यदलको सदस्य रहेका वर्षमान पुनले नेसपालाई पनि गठबन्धनमा सामेल गराउनुपर्ने मत राखेको एक नेताले जानकारी दिए ।

बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा सहभागिता गराउनेबारे कुरा राखेका थिए । त्यसपछि पुनले नेसपाबारे चासो राख्दै बैठकमा कुरा राखेका थिए ।

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)बाट असार अन्तिम साता भट्टराई समूह अलगिएको थियो । त्यसयता गठबन्धनको बैठकमा भट्टराईको सहभागिता रहेको छैन ।

जसपामा हुँदा अध्यक्ष उपेन्द्र यादव र भट्टराई नै प्रायः गठबन्धनको बैठकमा सहभागी हुने गरेका थिए । गठबन्धनले बनाएको कार्यदलमा पनि नेसपाको प्रतिनिधित्व नभएपछि भट्टराई गठबन्धन बाहिर हुन पुगेको अवस्था छ । बाबुरामलाई गठबन्धनले नभइ जसपाले निकालेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal