आज :

नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको छ- प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । जापान भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका छन् ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका प्रचण्डले नेपाली समुदायसँगको छलफलको क्रममा जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए ।

युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्न उदाहरण जापानले पेस गरेको उनको भनाइ थियो । सत्ता गठबन्धनले पनि स्थायित्व र विकास निर्माणलाई केन्द्रमा राखेर योजना निर्माण गर्ने गरेको प्रचण्डको दाबी थियो ।

प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरुको ज्ञान, सिप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि जोड दिए ।

नेतृत्वले इमान्दार प्रयास गर्यो भने नेपालमा विकास निर्माण सम्भव भएको र आफ्नो जोड पनि विकास निर्माणमा नै रहेको प्रचण्डले बताए । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आफ्नो जापान भ्रमण र यहाँका नेपालीहरुसँगको अन्तरक्रिया फलदायी हुनेमा उनी ढुक्क देखिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal