आज :

जनताले एमालेको आवश्यकता महसुस गरेका छन्- सुवास नेम्वाङ

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन सरकार संसदीय मूल्य मान्यता अनुरुप चल्न नसकेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले शनिबार घोराहीमा आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङले प्रतिपक्ष दल नेकपा एमाले जिम्मेवारी पूर्वक प्रतिपक्ष भूमिका रहे पनि सत्ता पक्षले संसदीय मूल्य मान्यतालाई कुल्चिँदै अराजक बन्दै गइरहेको आरोप लगाए ।

उनले भने–‘सत्ता गठबन्धनले संविधान मान्दैन, कानुन मान्दैन । आफू खुसी मनोमानी काम गरिरहेको छ ।’ नेता नेम्वाङले सत्ता गठबन्धनको यही प्रवृत्तिका कारण मुलुक अस्थिरता तर्फ उन्मुख बन्दै गइरहेको उनले बताए ।

गठबन्धन सरकारको यही कदमका कारण मुलुकको सत्ता समाल्न नेकपा एमालेको आवश्यकता महसुस जनताले गरेकाले अबको निर्वाचनमा गठबन्धन दलहरु परास्त गर्दै नेकपा एमाले उदय हुने बताए ।

पत्रकार सम्मेलनमा नेता नेम्वाङले सत्ता गठबन्धनले नागरिकता विद्येयक, एमसीसी र एसपीपी लगायतका राष्ट्रिय स्वाधिनताको सवालमा मनोमानी काम गरिरहेको आरोप उनको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal