आज :

हर्क पास, बालेन फेल ! धरानमा पानी आयो, काठमाडौँको फोहोर उठ्ने सुरसार छैन, दुर्गन्ध भान्सासम्म

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले चुनावी एजेण्डा बनाएको फोहोर व्यवस्थापन झन कटिन बन्दै गएको छ । साहले फोहोर व्यवस्थापनलाई पहिलो एजेण्डा बनाएर चुनाव जितेर शपथ खाएको दुई महिना भन्दा बढी भइसकेको छ । तर, काठमाडौँका मुख्य चोकमा फोहोर थ्रुपिँदै गएको छ ।

सडक तथा चोकमा फोहोर थ्रुपिँदै गएपछि हिटडुल गर्न समेत समस्या भएको छ भने घरको फोहोर पनि निकाल्न पनि ढिलाई भइहरेको छ ।
काठमाडौँका बढी चहलपहल हुने कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, बबरमहल, कोटेश्वर, चावहिल लगायत स्थानका सडकमा जम्मा भएको फोहोरको दुर्गन्ध घरघरसम्म पुग्न थालेको छ । साउन ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । तर, त्यसपछि पनि समस्या उस्तै छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार भदौ १ गतेदेखि बञ्चरेडाँडाका स्थानीयले फोहोर व्यवस्थापन गर्न नदिने बताउँदै आएका छन् । उनीहरुले सम्झौता महानगरले कार्यान्वयन नगरेको आरोप लगाएका छन् । उनीहरुले सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूति जस्ता विषयबारे बेवास्ता गरिएको बताएका छन् । माग पूरा नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।

चुनाव जितेर शपथ नलिँदै निकै सक्रियता देखाएका मेयर साह अहिले गुमनाम भएका छन् । चुनावअघि एक महिनाभित्रै फोहोर व्यवस्थापन गर्न सकिने भन्दै साहले मतदातामाझ भाषण गरेका थिए । उनले फोहोर व्यवस्थापन कुनै समस्या नभएको दाबी समेत गरेका थिए ।

स्वन्त्रबाट चुनाव धरान महानगरपालिकाका मेयर हर्क राई साम्पाङले बचन पूरा गरेका छन् । उनले आफै पाइप बोकेर मुहानमै पुगि पानी धरान ल्याएका छन् । अस्थायी संरचना भएरै भएपनि हर्कले चुनावको मतदातासँग गरेको बाचा पूरा गरेका छन् । यो आर्थिक बर्षबाट स्थायी संचरना बनाउने बजेट छुट्याएका छन् ।

स्वतन्त्रबाट चुनाव जितेका हर्क र बालेनलाई तुलना गर्न थालिएको छ । काठमाडौँ चावहिलका लोकन्द्र राईले नयाँ अनुहार भनेर साहलाई भोट दिएको तर अपेक्षाकृत काम नभएको भन्दै गुनासो गरे ।

“बालेनले चुनावको बेला हामीसँग गरेको बचन पूरा गर्दैनन् कि भन्ने शंका उत्पन्न भएको छ, धरानमा हर्कले पानी ल्याएरै छोडे तर हाम्रोमा सडकमा फोहेरको दुर्गन्ध भान्सासम्म पुगिसक्यो” राईले भने । उनले हर्क पास र बालेन फेल भएको समेत बताए । दुबैले लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal