आज :

सत्ता गठबन्धनको कार्यदलमा कोको छन् ?

  • अनलाइन डबली

काठमाडौं । आगामी संघ र प्रदेश सभाको चुनावमा तालमेल गर्ने सत्ता गठबन्धन दलहरुबीच सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शिर्ष नेताहरुको बैठकले चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् ।

एक नेताका अनुसार कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन र नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । त्यस्तै, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न कार्यादेश दिइएको बताइएको छ । कार्यदलको सिफारिसपछि भदौ पहिलो साताभित्र १६५ निर्वाचन क्षेत्रको भागबण्डा मिलाउने भएको छ ।  गठबन्धनका नेताहरुले कार्यदल बनाउने सहमति भएको तर को को रहेका छन् भन्नेबारे औपचारिक रुपमा बताएका छैनन् । गठबन्धनलाई सबैभन्दा गारो विषय सिट बाँडफाँड नै हो ।

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको छ र त्यसका लागि कार्यदल बनाउने निर्णय भएको जानकारी दिए ।

आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको पनि भुसालले जानकारी दिए । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने सहमति पनि भएको छ ।

त्यसैगरी बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal