आज :

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

  • अनलाइन डबली

काठमाडौँ। ५ दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पाँच दलका शीर्ष नेतासहित अन्य नेताहरु पनि सहभागी छन् ।

चुनावको मिति घोषणा पछि सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेको थियो ।

आजको बैठकमा आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलबीचको तालमेलबारे छलफल हुने छ । नेताहरुका अनुसार बैठकले निर्वाचनमा दलहरुबीच सिटको बाँडफाँडका लागि तालमेलको मोडालिटीका बारेमा समेत छलफल हुनेछ ।

उनीहरुका अनुसार तालमेल र सिट बाँडफाँड गर्न एक समिति बनाउनेबारे पनि प्रारम्भिक छलफल हुनेछ । स्थानीय निर्वाचनमा सत्तारुढ दलबीच काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा चुनावी संयन्त्र गठन गरी सोही संयन्त्रको सुझावका आधारमा तालमेलको मोडालिटी तय भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal