आज :

निर्वाचन तालिकाः आजबाट दल दर्ता खुला. मतदाता नामावली संकलन स्थगित 

  • अनलाइन डबली

काठमाडौं । निर्वाचन आयोगले आजबाट दल दर्ता खुला गरेको छ । विहीबार सरकारले मंसिर ४ गते का लागि निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले निर्वाचन प्रयोजनको लागि आजबाट दल दर्ता खुला गरेको हो । यसअघि दर्ता भएका दलहरुले पनि पुनः दर्ता गर्नु पर्नेछ । अहिलेसम्म एक सयभन्दा धेरै दल दर्ता भएका आयोगले जनाएको छ ।

त्यसैगरी आजैबाट मतदाता नामावली संकलन कार्य पनि स्थगित गरिएको छ । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजैदेखि स्थगित हुने छ ।

अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले विहीबार नै पत्रकार सम्मेलन गरेर तोकिएको समयमा निर्वाचन गराउन तयार रहेको जनाएको छ । आयोगले पहिले भन्दा ३० देखि ४० लाख नयाँ मतदाता थपिने अनुमान पनि गरेको छ ।

त्यसैगरी आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै सांसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् ।

थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए । ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर मंसिर २१ गते पदावधि समाप्त हुने भनि लिखित रुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं,’ उनले भने ।

प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पद भने स्वतः सकिने समेत बताएका छन् l

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal