आज :

नीति निर्माण तहमै काम गर्ने मौका पाएको छु : भूमि आयोग काठमाडौं जिल्ला अध्यक्ष प्रजापति

  • बुद्धशरण शाही

काठमाडौँ । भूमि आयोग काठमाडौं जिल्लाको अध्यक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालका श्यामकृष्ण प्रजापति नियुक्त भएका छन् ।भख्खरै सम्पन्न मन्त्रिपरिषद् वैठकले प्रजापतिलाई भूमि आयोग काठमाडौं जिल्ला अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रजापति सत्तारुढ गठबन्धद दलको समर्थनमा आयोग काठमाडौं जिल्लाका अध्यक्ष बनेका हुन् ।

‘विगतमा पनि भूमिहिनहरुको अधिकारको लागि संघर्ष गर्दै आएको नै हो, अब नीति निर्माण तहमै काम गर्ने मौका पाएको छु । हुकुम्वासीहरु सुकुम्वासी बनेर सुविधा लिने र रैथानेहरु भने सुकुम्वासी बन्ने परिस्थितीको अन्त्य गर्न भूमिका खेल्नेछु’ नवनियुक्त अध्यक्ष प्रजापतिले भने ।

आयोग काठमाडौं जिल्लाको नवनियुक्त अध्यक्ष प्रजापति जसपा नेपाल काठमाडौं जिल्ला अध्यक्ष तथा  सोही पार्टी अन्तर्गत रहेको जनसरोकार समन्वय समितिका संयोजकसमेत हुन् ।

प्राजापति उपत्यकाको गैरन्यायिक सडक विस्तार बिरुद्को सडक संघर्ष देखि खोकना फास्ट ट्र्याक बिरुद्दको आन्दोलनमा  भूमिहिन वर्गको अधिकारका लागि लामो समय बात नेतृत्वदायी भूमिकामा रहदै आएका छन् । संघर्षका दौरान निकै पटक हिरासतमा समेत बसेका प्रजापति  गुठी विधेयकविरुद्ध भएको आन्दोलनका प्रथम संयोजकसमेत हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal