आज :

अर्थमन्त्रीको अगाडि मुख देखाउन नसकेका सचिव मरासिनी सरुवा, अर्थको जिम्मा पुष्करलाई

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ पुनः नियुक्ती भएर फर्किएसँगै मन्त्रालयमा छाडेका अर्थ सचिव मधुकुमार मरासनीको सरुवा भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा तानेको छ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गराएको भन्दै नेकपा एमालेको विरोधसँगै मरासिनीले बिदामा बसेका थिए । उनी अर्थमन्त्री प्रभाकरलाई असहयोग गर्न नै बिदामा बसेको सत्तारुढ दलका नेताहरुले आरोप लगाउँदै आएका छन् ।

जरुरी काम भन्दै बिदामा बसेको बताएका मरासिनी प्रभाकरले मन्त्रीबाट राजिनामा दिएको भोलिपल्टबाट मन्त्रालयमा हाजिर भएका थिए । त्यसपछि मरासिनीमाथि गम्भीर प्रश्न उठेको थियो । संसदीय विशेष छानविन समितिले प्रभाकरमाथि लगाएको आरोप झुट भएको भन्दै प्रतिवेदन पेश गरेपछि सरकारले पुनः नियुक्त गर्यो ।

तर, अर्थ सचिव मरासिनी मन्त्रालयबाट भागेर पोखरा पुगेको बताइएको थियो । उनी मन्त्री प्रभाकरले शपथ लिने दिन मरासिनी काठमाडौँ बाहिर गएको समाचार सार्वजनिक भएको थियो ।

त्यसपछि पनि मरासिनी काममा फर्केनन् । मन्त्रालय स्रोतका अनुसार मन्त्रीबाट हटाउन सहयोग गरेको तर प्रभाकर पुनः मन्त्री भएपछि मुख देखाउन लाज मानेर नर्फिएका हुन् । उनले आफैले सरकारसँग सरुवा मागेका थिए ।

सरकारले मरासिनीको ठाउँमा यसअघि राजस्व सचिवको जिम्मेवारी समाल्दै आएका कृष्णहरि पुष्करलाई तत्कालको लागि सचिवको जिम्मेवारी दिएको छ । उनले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal