आज :

मंसिर ४ मा चुनाव गर्न तयार छौं- प्रमुख आयुक्त थपलिया

  • अनलाइन डबली

काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको ४ मंसिरको मितिमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न तयार रहेको बताएको छ । स

रकारले निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा स्वच्छ,निष्पक्ष, विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताए ।

चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिए ।

‘संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्छौं,’ उनले भने, ‘सात वटा प्रदेशमा कुन कुन दलले भाग लिन्छन् र संघीय निर्वाचनमा कुन कुन दलले भाग लिन्छन् कुराको निधो भदौको पहिलो हप्ताभित्र गरिसक्छौँ ।

निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।

‘हामीले मतदाता नामावलीको दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७ सय ५३ वटा वडा कार्यालयहरुमा सार्वजनिक गरेर अद्यावधिक गर्ने प्रक्रिया सुरु हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने,‘स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरी पनि हामीले यसपालि सच्याएर जान्छौं ।’

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal