 
	
काठमाडौँ । चीनले ताइवान मामिलामा नेपालको समर्थन खोजेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी हुन् । नेपालबाट एक चीन नीतिको समर्थन र ताइवान स्वतन्त्रताको दृढ स्वरमा विरोधको आफ्नो देशले प्रशंसा गर्ने उनको भनाइ छ ।
‘एक चीन नीति चीन–नेपाल सम्बन्धको आधार हो । नेपाल सरकार र नेपाली नागरिकले यस नीतिलाई समर्थन गरिरहनेमा हाम्रो विश्वास छ’, उनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीन एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डताको प्रतिरक्षा गर्ने काम सहकार्य गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।’
विज्ञप्तिमार्फत उनले अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध जनाएकी छन् । अगष्ट २ मा सम्पन्न पेलोसीको ताइवान भ्रमणलाई यान्छीले ‘एक चीन नीतिको गम्भिर उलंघन’ भएको आरोप लगाएकी छन् ।
‘ताइवानको वारपार क्षेत्रको शान्ति र दायित्वमा गम्भीर असर पुर्याउने यस कार्यको चीनले दृढताका साथ विरोध गर्छ ,’ यान्छीले लेखेकी छन् । विश्वमा एउटा मात्र चीन भएको कुरा संयुक्त राष्ट्र संघको प्रस्ताव २७५८ ले स्वीकार गरिसकेको अवस्थामा एक चीन नीति अन्तराष्ट्रिय सम्बन्धको आधारभूत मापदण्ड हुनुपर्ने यान्छीले जोड दिएकी छिन् ।
सन् १९७९ मा अमेरिका र चीनबीच कुटनीतिक सम्बन्ध विकास गर्ने बेला अमेरिकाले एक चीनि नीतिमा स्पष्ट प्रतिबद्धता जनाएको पनि उनले स्मरण गराएकी छन् ।
पेलोसी अमेरिकी कंग्रेसको नेतृ भएको नाताले उनको भ्रमण जुनसुकै कारणले भएको भए पनि त्यो ‘ठूलो राजनीतिक उत्तेजना फैलाउने हर्कत’ भएको र चीनले यसलाई नसहने उनले बताएकी छन् ।
चिनियाँ सरकार र १.४ अर्ब चिनियाा नागरिकहर मातृभूमिको पुर्ण पुनरएकिकरण साकार बनाउने साझा सपनामा स्पष्ट रहेको बताउदै नेपालका लागि चीनकी राजदूतले ‘चीनले आफ्नो सार्बभौमसत्ता तथा भौगोलिक अखण्डता जोगाउन आवश्यक सम्पूर्ण कदम उठाउने’ दृढता व्यक्त गरेकी छन् ।
यान्छीले ताइवान प्रश्न विशुद्ध चीनको आन्तरिक मामिला भएकाले अमेरिकाले चीनको आन्तरिक मामिलाबाट परै बस्न आग्रह गर्दै यसका लागि अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ पक्षधर पृथकतावादीलाई सहयोग गर्न रोक्नुपर्ने बताएकी छ ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली





