आज :

एनआरएनएले दियाे अर्थमन्त्रीलाई बधाई

  • अनलाइन डबली

काठमाडौँ । गैर आवसीय नेपाली संघ (एनआरएनए) ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई बधाई तथा शुभकामना दिएको छ । मंगलबार संघका अध्यक्ष विनोद कुँवरको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री शर्मालाई भेटेर बधाई दिएको थियो ।

शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएपछि एनआरएनएको टोलीले भेटेर बजेट कार्यान्वयन गर्न सुझाव समेत दिएको छ । “हामीले सरकारले ल्याएको बजेटको स्वागत गरिसकेका छौं । बजेटले गैर आवासीय नेपालीलाई उत्साहित बनाएको छ । कार्यान्वयनमा होस् भन्ने संघको माग छ” अध्यक्ष कुँवरले भेटको क्रममा भने ।

अध्यक्ष कुँवरले बजेटलाई परनिर्भता बढ्दै गएको नेपाली अर्थतन्त्रलाई बजेटले आत्मनिर्भरतातिर डो¥याउने बताउँदै कार्यान्वयनमा जोड दिँदै आएका छन् । बजेटले विश्वका ८० देशमा छरिएर बसेका नेपालीलाई नेपालमै लगानी गर्ने वातावरण बनाउन संघको माग गर्दै आएको स्मरण गर्दै कुँवरले बजेट कार्यान्वयन भए विदेशमा कमाएको रकम र सीपलाई नेपालमै लगाउने वातावरण बन्ने विश्वास समेत व्यक्त गरे ।

अध्यक्ष कुँवरले वैदेशिक लगानी भित्र्याउन वानडोर नीति आवश्यक भएको बताउँदै आएका छन् । उनले विदेशीलाई दुई करोड लगानी गर्न पाउने कुरा बजेटमा समेटिनु सकारात्मक कुरा भएको बताउँदै विदेशी लगानी बढ्न अपेक्षा गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal