आज :

भीमदत्तको टाउको काटेदेखि दमनकारी राजनीतिको सुरुवातः अर्थमन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले भीमदत्त पन्तले नेपाली जनताको मुक्ति र स्वतन्त्रताको सपना देखेको भन्दै त्यो अफै पूरा नभएको बताएका छन् । उनले पन्तले समानता, भातृत्व, भूमी सुधार र गरिबीको अन्त्यको सपना देखेको बताए । मंगलबार संवाद डबलीमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले ‘३० औं किसान सहिद दिवस तथा ६९ औं भीमदत्त पन्त स्मृति दिवस’ को अबसरमा आयोजना गरेको कार्यक्रममा प्रभाकरले सो कुरा बताएका हुन् ।

भीमदत्तले समावेशी र समानुपातिक सहभागिताको भएपनि किसानलाई अधिकार सम्पन्न बनाउने, भूमि सुधार र सामाजिक न्यायको सपना पूरा नभएको मन्त्री प्रभाकरले बताए । किसानको पक्षमा पन्तले उठाएका आवाज नसुनेपछि विद्रोहको विकास भएको बताउँदै मन्त्री प्रभाकरले तत्कालिन सत्ताले विदेशी सेना प्रयोग गरेर टाउको काटेको बताए ।

नेपाली राजनीतिमा गलत प्रवृतिको सुरुवात पनि भीमदत्तको ह’त्याबाटै भएको बताउँदै अर्थमन्त्री शर्मा भने, “नेपाली राजनीतिमा परिर्तनकारीको टाउको काटेर गलत प्रवृतिको सुरुवात गरियो, सत्ताले दमनकारी राजनीतिको सुरुवात गर्यो ।” उनले किसानको मुक्तिको आवाज उठाउने रुकुमका कामी बुढालाई पनि तत्कालिन सत्ताले त्यसरी ह’त्या गरेको बताए ।

सोही कार्यक्रममा अर्थमन्त्री प्रभाकरले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन् । सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै प्रभाकरले उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे ।

अर्थमन्त्री प्रभाकरले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए । उनले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था समेत गरेको दाबी गरे ।

मन्त्री शर्माले भूमिहीनहरुलाई जमिन दिएर, पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए । उनले कृषिमा जोडेमात्रै मुलुकको अर्थतन्त्र सवलिकरण हुनसक्ने बताए ।

मन्त्री शर्माले सरकारसँग सबैकुरा भएकाले उत्पादनसँग जोडिनुपर्ने बताए । उनले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरूले उत्पादनमा जोड दिन आग्रह गरे । मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए । उनले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताए ।

नेकपा माओवादी केन्द्रका नेता तथा निर्वाचन आयोगका प्रमुख कुवेर ओली, नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य सुनील कुमार मानन्धर, महासंघका स्थायी समिति सदस्य सेसुराम भण्डारी, नायक नवल खड्कालगायतले भीमदत्त पन्तको नेतृत्वमा चलेको किसान आन्दोलन र व्यक्तिकाे चर्चा गरेका थिए ।

कार्यक्रममा किसान महासंघको किसान सहिद परिवारलाई सम्मान गरिएको थियो । त्यस्तै, चलचित्र ‘भीमदत्त’ का निर्माता नायक नवल खड्का र स्थानीय तह निर्वाचनमा निर्वाचित महासंघका सदस्यहरुललाई अर्थमन्त्री प्रभाकरले सम्मान गरेका थिए ।

कार्यक्रमको अध्यक्षता महासंघका चित्रबहादुर श्रेष्ठको अध्यक्षता, महासंघका स्थायी समिति सदस्य नहेन्द्र खड्काको संचालनमा सम्पन्न कार्यक्रमको संचालन किसान नेता अगस्त अधिकारीले गरेका थिए ।

भीमदत्त पन्तले सुदूरपश्चिममा केन्द्र बनाएर किसानको मुक्तिको लागि आन्दोलन सुरु गरेका थिए । ‘कि जोत हलो, कि छोड थलो, किसानलाई नुन दे, किसानलाई मुक्ति दे…’ जस्ता नारा बोकेर आन्दोलनको सुरुवत गरेका थिए । किसान अधिकारको लागि आवाज उठाएकै कारण २०१० साउन १७ मा सरकारले भारतबाट सुरक्षाकर्मी बोलाएर भीमदत्त पन्तको टाउको काटेर ह’त्या गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal