आज :

माओवादी केन्द्रको पदाधिकारी बैठक : साउन ७ गते पुष्पलाल जयन्ती मनाउने निर्णय

  • अनलाइन डबली

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले आउँदो साउन ७ गते पार्टी संस्थापक नेतामध्येका एक पुष्पलाल श्रेष्ठको जन्मजयन्ती मनाउने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूसँग जानकारी दिँदै बैठकमा संगठनात्मक विषयमा गहन छलफल भएको बताए ।

उनका अनुसार हालै देशभर, विशेषगरी रसुवा लगायतका जिल्लामा आएको बाढी र पहिरोले धनजनमा ठूलो क्षति पु‍र्याएकोप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । माओवादी केन्द्रले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडितका परिवारप्रति समवेदना जनाएको छ ।

प्रवक्ता सापकोटाले भने, ‘आजको पदाधिकारी बैठकमा आन्तरिक संगठनात्मक विषयहरुको बारेमा छलफल थियो । त्यसको अत्तिरिक्त अहिले अब यो अहिले बाढी पहिरोले धेरै ठूलो धनजनको क्षति गरेको छ त्यसमा अब रसुवा लगायतका जिल्लाहरुमा अकल्पनिय खालको बाढी पहिरो आएर धनजनको क्षति भएकोमा हाम्रो पार्टीले मृत्तकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै सरकारसँग उद्धारको लागि तदरुकताका अनुसार काम गरोस् र राहतका लाग, पुर्नस्थापनाका लागि सरकारले गम्भिरतापूर्वक ध्यान देओस् भन्ने माग बैठकले गरेको छ । यसका साथसाथै साउनको ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal