आज :

अखिल (क्रान्तिकारी) ले देशभरका स्थानीय तहलाई एकैसाथ बुझायो मागपत्र

  • अनलाइन डबली

काठमाडौं । अखिल (क्रान्तिकारी) ले देशभरका सबै स्थानीय तहमा एकै पटक माग पत्र बुझाएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको अखिल (क्रान्तिकारी)को दोस्रो पुर्ण बैठक ले गरेको निर्णय अनुरुप अखिल (क्रान्तिकारी) ले देशभरका स्थानीय तहका प्रमुखलाई एकै साथ विभिन्न माग राख्दै मागपत्र बुझाएको हो ।

नेकपा (बहुमत) निकट क्रान्तिकारीले सामुदायिक विद्यालयमा विद्यार्थीहरुबाट मासिक शुल्क, भर्ना शुल्कलगायतका विभिन्न बाहानामा लिइने शुल्क खारेज गर्न र संबिधानमा मौलिक हकको रुपमा व्यवस्था गरिएको आधारभुत तह अनिवार्य र नि:शुल्क तथा माध्यमिक तह सम्मको शिक्षा नि:शुल्कको व्यवस्थालाई कडाइपुर्वक कार्यान्वयन गर्न प्रमुख मागको रुपमा राखेको छ भने दुरुपयोग भैरहेको सामुदायिक विद्यालयहरुको सार्वजनिक सम्पत्तिलाई संरक्षण गरी विद्यालय मातहत ल्याउन माग गरेको छ ।

यस्तै सरकारी क्याम्पस तथा विद्यालयमा अध्यापनरत शिक्षक-प्राध्यापक, सरकारी कर्मचारी, विद्यालय व्यवस्थापन समितिमा आबद्ध व्यक्ति, राजनीतिककर्मी, जनप्रतिनिधि, सांसद, मन्त्रीलगायत सार्वजनिक जिम्मेवारी तथा पदधारण गरेका व्यक्तिलेहरुले निजी शिक्षण संस्थामा लगानी गर्ने कार्य बन्द गर्न, सन्तानहरुलाई अनिवार्य रुपमा सरकारी तथा सामुदायिक विद्यालयमा अनिबार्य भर्ना गर्न पालिमा भित्रका विद्यालयमा अध्यायपनरत शिक्षकहरुको राजनीतिक दलको क्रियाशिल सदस्यता खारेज गर्न माग गरेको छ ।

त्यसैगरी विद्यालयमा राजनीतिक भागबण्डाको आधारमा गरिने शिक्षक, प्राध्यापक तथा कर्मचारी नियुक्ती बन्द गर्न निजी विद्यालयमा भर्ना, शुल्क, अतिरिक्त शुल्क, क्यारेक्टर सर्टिफिकेट शुल्क, वर्षैपिच्छे पाठ्यपुस्तक प्रकाशन परिवर्तन, विद्यार्थी पोसाक लगायतका विषयमा गरिरहेको अनियमितताको अनुगमन गर्नुका साथै १० प्रतिशत छात्रवृत्ति वितरणलाई पारदर्शी, कार्यरत शिक्षक तथा कर्मचारी माथी भईरहेको श्रमशोषणको अन्त्य गर्न, विद्यालयबाट दिइने सेवा र लाग्ने शुल्क नागरिक वडापत्रमा देखिने गरी अनिवार्य रूपमा राख्ने व्यवस्था गर्न, सबै विद्यार्थीहरुलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउन, सामुदायिक विद्यालयमा देखिएको अंग्रेजी र नेपाली भाषाको नाममा हुने भाषागत विभेद अन्त्य गर्न र सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि छुट्टयाईएको वर्गिकृत छात्रवृत्तिममा पारदर्शिता अपनाएर सम्बन्धित विद्यार्थीहरुलाई सहज उपलब्ध गराउन, CTEVT को अनुमातिमा सन्चालित छोटो अवधिका तालिम कार्यक्रम, बिदेशी सम्बम्धनको नाममा सन्चालित तालिम, कलेज, अवैधानिक रुपमा विद्यार्थीलाई बिदेश पठाउने कन्सलटेन्सी, भाषागत इन्स्टिच्युट, ट्युसन तथा कोसिङ् सेन्टरलाई नियमन, अनुगन तथा निरन्तर निग्रानी गर्न, बढिरहेको महिला हिंसालाई मध्यनजर गर्दै विद्यालयहरुमा छात्राहरुको आत्मसुरक्षा र सशक्तिकरणका लागी ‘आत्म सुरक्षा तालिम’ सन्चालन गर्न र बिगतमा सङ्गठनसँग भएका विभिन्न सहमतिहरुको इमानदारीपूर्वक कार्यान्वयन गर्न अखिल क्रान्तिकारीले माग गरेको छ ।

त्यसैगरी क्रान्तिकारीले माग पत्रमा उल्लेखित मागहरु कार्यनयन नगरे थप संघर्षमा जाने चेतावनी समत दिएको छ । यसैबीच संगठनका केन्द्रिय अध्यक्ष मिलन राईले बिभिन्न मिडियासँगको अन्तरबार्तामा अब विद्यार्थीको साच्चा बिद्यार्थी संगठन भनेको अखिल क्रान्तिकारी भएको बताएका थिए ।

उनले बिगतमा जस्तो मागपत्र बुझाउने र विद्यार्थी का समस्याहरुको उठाउन गरेर एउटा आर्थिक लेनदेनको बार्गेनिङ गरेर आर्थिक सम्झौतामा टुंग्याउने गरेको आरोप लगाउदै उनले अब मेरो नेतृत्वमा बनेको अखिल क्रान्तिकारी ले सम्झौता हिन संघर्षमा अघि बढ्ने बताएका छन् ।

अध्यक्ष राईले शिक्षा क्षेत्र भित्र रहेका शैक्षिक माफियाहरु, सरकारी सम्पत्तिको चरम दुरुपयोग गर्ने भु माफिया र छात्र छात्रा माथी दुव्र्यवहार गर्ने अनैतिक सम्बन्ध राख्न खोज्ने चरीत्र हिन शिक्षकहरुलाइ आवश्यकता अनुसार कार्बाही गर्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal