आज :

सालीको इंगेजमेन्टमा भिनाजु डाँको छोडेर रोए, कारण थाहा पाएर श्रीमती तनावमा

  • अनलाइन डबली

काठमाडौं । सामाजिक सञ्जालमा एक महिलाको पोष्ट भाइरल भएको छ, जसमा उनले मादक पदार्थको नशामा आफ्ना पतिले सनसनीपूर्ण खुलासा गरेको बताएकी छिन् । महिलाले लेखेकी छिन् कि श्रीमानले मदिराको अवस्थामा मेरी बहिनीलाई माया गर्छु भने।

त्यो पनि महिलाको गर्भावस्थाको छैठौं महिना चलिरहेको बेला । जुन २० मा, Reddit मा r/trueoffmychet फोरम मार्फत, u/ThrowRavin नामकी प्रयोगकर्ताले उनकी बहिनीको इंगेजमेन्टपछि श्रीमानको व्यवहार परिवर्तन भएको बताउँदै त्यसपछि मदिराको नशामा पतिले ठूलो खुलासा गरेको बताइन् ।

पोष्टमा महिलाले आफू र उनकी बहिनीले आफ्नो बाल्यकाल सँगै बिताएको र कठिनाइका कारण एकअर्कासँग निकै नजिक भएको बताइन् ।उनले लेखेकी छन्- “मेरी बहिनी सानैमा मेरो संरक्षक र रोल मोडेल थिइन्।

जब हाम्रो सौतेनी बुबा नशामा हुन्थे उनी आफुलाई अगाडि पार्थिन ताकि बुवाले मलाइ चोट पुरयाउन नसकुन् । उनी कलेज जाँदा म पनि कहिलेकाहीँ घरबाट भागेर उनीसँग पुग्ने गर्थे, ती दिनहरूमा उनी आफै भुइँमा सुतिन् र मलाई उनको ओछ्यानमा सुताइदिन्थिन् ।

म १६ वर्षको उमेरमा मेरी बहिनीसँग सिफ्ट भएँ र त्यसपछि हामी कहिल्यै घर फर्किएनौं। पोस्टमा महिलाले आफ्नी बहिनी र श्रीमानको स्वभाव एउटै भएको बताएकी छन् । परिवारमा सबै राम्रै चलिरहेको थियो ।

तर मेरी बहिनीले एक जना पुरुषसँग डेट गर्न थालिन्। महिलाका श्रीमानलाई यो कुरा मन परेन । उनले श्रीमतीलाई भने– मलाई यो मान्छे तिम्रो बहिनीको लागि ठीक लाग्दैन ।तर एक दिन चार जना सँगै खाना खान गए ।

यहाँ महिलाकी बहिनीका प्रेमीले उनलाई प्रपोज गरे । घर फर्किएपछि महिलाले श्रीमानलाई कोठामा रोइरहेको देखिन् । महिलाले भनिन्- मेरो श्रीमानले मेरी बहिनीसँग वर्षौंदेखि प्रेम गरिरहेको बताएका छन् तर त्यो कति गलत हो भन्ने उनलाई थाहा छ ।

महिलाले थप भनिन्- श्रीमानले मलाई धेरै माया गर्छु भनेका छन् र उनले आफुलाई असल श्रीमान र हाम्रा सन्तानको असल बुबाको रूपमा देखाउने वाचा गरेका छन्।

सम्बन्धको बारेमा मानिसहरूको सल्लाह सोध्दै महिलाले भनिन्- अब के गर्ने मलाई थाहा छैन। अब पहिले जस्तो केहि हुनेछैन तर मेरी बहिनी मेरो परिवार र सबैभन्दा मिल्ने साथी हो। के म मेरो विवाह बचाउन सक्छु? अनि मेरो बच्चा पनि ?

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal