आज :

बाबुराम भट्टराई वैचारिक दरिद्रता भएकाे नेताः मन्त्री श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले डा. बाबुराम भट्टराईले राजनीतिक बहस नगरी नियोजित रुपमा पार्टी विभाजन गरेर नयाँ पार्टी बनाएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भट्टराइ वैचारिक दरिद्रता भएको नेता भएको बताए ।

जनता सामाजवादी पार्टीका नेता समेत रहेका श्रेष्ठले विभाजनले जसपामा ठूलो असर नपर्ने दाबी समेत गरे । उनले भने, “विभाजनले जसपामा ठूलो असर पर्दैन, सिंगो नेता कार्यकर्ता हामीसँग छन् । हाम्रो पार्टी मूलधारको रुपमा अघि बढेको छ । हिमाल, पहाड र तराईको प्रतिनिधित्व भएको पार्टीको रुपमा अघि बढेको छ । हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर छ ।” उनले सहमतिमै छुटिएर केही साथीहरुले नयाँ पार्टी बनाएको भन्दै उनले फेरि मिलेर सँगै जान सक्ने समते बताए ।

पार्टी विभाजनको कुनै कारण नभएको मन्त्री श्रेष्ठले अहिलेको विभाजनको क्षतिलाई चुनावसम्म पुर्ती गर्ने बताए । उनले आफूमाथि नियोजित रुपमा प्रचारबाजी भइरहेको समेत बताए । निकट पत्रकारहरुले आफूविरुद्ध नियोजित रुपमा समाचार लेख्ने र त्यही समाचार ट्वीटरमा पोष्ट गर्ने गरेको समेत बताए ।

आफूले कुनै कमजोरी नगरेकोले आफूविरुद्ध गरिएको प्रचारबाजी र षड्यन्त्रले थप उर्जा मिलेको बताए । उनले बाबुरामको नामै नलिएर भने, “जसले राम्रो ढंगले काम गर्छ, त्यसलाई अट्याक गर्छन् । प्रम भइसकेका मान्छेल पनि राजनीतिक पूर्वाहग्रह भएर टिप्पणी गरेको देखियो । त्यस्ता ट्वीटले मलाई त ऊर्जा नै प्राप्त हुन्छ । गलत काम नै भएको छैन् । त्यसबारेमा हामीले डराउनुपर्ने स्थिति छैन् ।” उनले सरकारलाई असफल भन्नु राजनीतिक पूर्वाग्रह मात्रै भएको बताए ।

मन्त्री श्रेष्ठले तत्काल नेकपा एमलासँग सहकार्य नहुने बताउँदै पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट पारे । “तत्काल नेकपा एमालेसँग सहकार्य र तालमेलको सम्भावना छैन, हामी अहिले पाँच दलीय गठबन्धनमै छौं, निर्वाचनसम्म गठबन्धन अघि बढाउने कुरा गरेका छौं” मन्त्री श्रेष्ठले भने ।

एक अर्को प्रसंगमा मन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयले एसपिपी अस्वीकार गर्ने भनेर अमेरिकी सरकारलाई पत्राचार गरिसकेको पनि बताए । उनले अमेरिकी अधिकारीहरुको भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । यो भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार हुने विश्वास समेत गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal