आज :

नेप्से परिसूचक १५ अंकले बढ्यो, झण्डै ५ अर्बको कारोबार

  • अनलाइन डबली

काठमाडौँ । आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४९ अंकले बढेको छ । कारोबार समयदेखि बढ्न थाले पनि अन्तिम समयमा घट्ने प्रयास गरेको नेप्से बन्द हुँदासम्म दोहोरो अंकले बढेको हो ।

यसक्रममा आज ४ अर्ब ९७ रुपैयाँ बराबरको कारोबार भएर १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । आज बजार बढेपनि तीनवटा समूहमा भने गिरावट आएको छ ।

निर्जीवन बीमा समूह, उत्पादनमूलक र अन्य समूहमा गिरावट आएको हो । हिजो मंगलबार नेप्से परिसूचक २३ अंकले बढेको थियो । यस्तै, हिजो ३ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

उत्पादनमूलक समूह २४ अंकले घट्दा अन्य समूह ३ अंकले र निर्जीवन बीमा समूह ०.५५ अंकले घटेको छ । यीबाहेक अन्य समूहमा भने सुधार आएको छ ।

विकास बैंक समूह ८५ अंकले बढ्दा होटल, लघुवित्त समूह ७० अंकले र टुरिजम समूह ६४ अंकले बढेको छ । यसैगरी, जलविद्युत समूह २९ अंकले बढेको छ भने जीवन बीमा समूह १५ अंकले बढेको छ ।

बजार बढेको दिन विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३६७ रुपैयाँ पुगेको छ ।

यसका साथै, राष्ट्र उत्थान लघुवित्त वित्तीय लिमिटेडको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ११ सय ७१ रुपैयाँ पुगेको छ । यसक्रममा आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०६ अंक बढेको छ । यस्तै, एक्सेल विकास बैंकको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal