आज :

हुम्लामा विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्नेको लहर

  • अनलाइन डबली

हुम्ला ।  जिल्लामा स्थानिय निर्वाचनको समयदेखि अन्य पार्टीहरुबाट नेकपा(माओवादी केन्द्र)मा प्रवेश गर्ने लहर रोकिएको छैन, हालै जिल्लाका विभिन्न ठाउँहरुमा अन्य पार्टीहरुबाट माओवादीमा धुर्बीकृत भएको समाचार छ ।

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश सदस्य जसबहादुर भण्डारीका अनुसार सिमकोट गाउँपालिका वडा नं –७ चौगानफयामा १ दर्जन नेपाली काँग्रेसबाट माओवादीमा धुर्वीकृत भएका छन् । भण्डारीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उल्लेख गरेका छन्,‘माओवादीका लागि मरुभूमिका रुपमा रहेको चौगनफयामा केही उन्नत जातका बिरुवा रोपेर हरियाली बनाउने प्रयास गरिएको छ ।’ चौगनफयामा गोविन्द शाही,छक्क शाही र गिरिजा सिंह गरी एक दर्ज प्रवेश गरेको जनाइएको छ ।

त्यसैगरी वडा नं ७ डाँडाफयामा नेकपा एमालेबाट पाल्दन सुनार,गणेश सुनार र डबल सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।उनिहरुलाई नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज विजय भण्डारी‘प्रतिरोध’ले अविर तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा पार्टी नेताहरु वीर्जङ शाही, जसबहादुर भण्डारी र छवि थापा लगायतले नवप्रवेशीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal