आज :

आज अचानक नेपाल भ्रमणमा किन आउँदैछन् अमेरिकी मन्त्री ? यस्तो छ तयारी

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो ।

यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ ।

नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि लू नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि उनी समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफलका लागि २०७८ मंसिर १ गते नेपाल आएका थिए ।

केहि दिनअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले पनि नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal