आज :

विप्वल नेकपासहित चार कम्युनिस्ट पार्टीद्वारा संघर्षको कार्यक्रम घोषणा, तीन बुँदे सहमति भंग हुने अवस्थामा

  • अनलाइन डबली

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी चारै पार्टीका शिर्ष नेताहरुले राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा संघर्षमा जानुको विकल्प नभएको बताएका छन् । एमसीसी, एसपीपी, एसपीपी, महँगी र नागरिकता विधेयकका विरुद्ध आन्दोलनका घोषणा गरेका हुन् ।

चरणबद्ध रुपमा संघर्षका कार्यक्रम घोषणा गरिएको छ । साउन १० गते अर्थात आजदेखि २१ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको हो । संय्क्त विज्ञप्तिमा उल्लेख भएअनुसार साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

चार बुँदे संयु्क्त विज्ञप्तिमा नेकपासँग भएको तीन सहमति कार्यान्वयन नगरेर सरकार नै षड्यन्त्रमा लागेको आरोप समेत लगाइएको छ । पटक पटक सरकारसँग वार्ता र सहमति भएपनि बन्दी रिहाई नभएको भन्दै तीन बुँदे भंग हुँदैछ भन्ने संकेत गरेका समेत उल्लेख छ ।

त्यसैगरी विज्ञप्तिमा चार नम्बर बुँदामा भनिएको छ, “देशमा विद्यमान राष्ट्रियता स्वाधीनता, राजनीतिक तथा आर्थिक क्षेत्रमा बढ्दै गएको संकट, नेपाली जनताको विकराल जनजीविका र ३ बुँदे सहमति विरुद्धको षड्यन्त्रलाई एकै ठाउँमा राखेर हेर्दा जनतासंघर्षको बल बाहेक अन्य तरिकाले देश र नेपाली जनतालाई संरक्षण गर्न सकिने अवस्था देखिँदैन । स्थिति र विषयको यही गम्भिर्यतालई दृष्टिगत गरी विगतदेखि कार्यगत एकताको माध्यमबाट जनसंघर्षको नेतृत्व गरिरहेका हामी चार कम्युनिस्ट पार्टी कार्यकताृ एकतालाई रणनीतिक संयुक्त मोचौको स्तरमा विकास गर्न प्रतिवद्ध भएका छौ । साथै, विगतमा कार्यगत एकता र संयुक्त मोर्चाको अभ्यासमा देखा परेको भड्वा चिन्तन र षड्यन्त्रकारी शैलीविरुद्ध संयुक्त संघर्ष गर्दै क्रान्तिकारी कम्युनिस्ट, वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्ति र समूहलाई राष्ट्रिय स्वाधिनता र जनअधिकार रक्षाको संयुक्त जनसंघर्षमा सामेल हुन अपील गर्दछौं ।”

मोर्चामा नेकपा, नेकपा समाजवादी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal