
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभर गरी थप ३ सय नयाँ प्राविधिक कर्मचारी नियुक्न गरेको छ । देशको अग्रणी तथा ठूलो नेटवर्क कम्पनीले वर्षा मौसममा धेरै फाइबर सम्बन्दि समस्या आउने र कर्मचारी पानीको कारणले बिद्युत पोलमा चडेर काम गर्न नमिल्ने भएकोले र बढ्दो ग्राहकलाई सुबिधा दिन ETR (Estimated Time OF Response) भित्र काम गर्न कम्पनीले यो धेरै संख्या मा कर्मचारी नियुक्त गरेको हो ।
अब क्लास्सिक टेकको १०३ आउटलेट संगै रहेका आफ्ना प्रयोगकर्ताहरुको लागी support को पहुँच बढाएको छ । जसले गर्दा छिटो प्राविधिक सहयोग दिन सकिने छ भने मर्मतमा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीले जनाएको छ ।
यसका साथै क्लास्सिक टेकले आफ्नो IPTV पनि update version 1 . 1 . 2 ल्याएको छ । १०० भन्दा बढी HD च्यानेल र १०० SD च्यानेलहरुमा पनि नयाँ फिचर ल्याएको छ । जसले गर्दा टिभीमा हेर्दाको experience लाई अजै राम्रो बनाउने छ, buffering free हरुको समाधान गर्ने कम्पनीले बताएको छ ।
योसंगै कम्पनीले आउने दिन मा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट सेवा न्यूनतम मूल्यमा प्रदान गर्ने समेत कम्पनीले जानकारी दिएको छ । यसमा थप जानकारी को लागि www.classic.com.np बाट लिन सकिने छ वा ९८०१००४४७७ मा जानकारी लिन सकिने छ ।