आज :

डब्ल्यूएचओले फेरि घोषणा गर्यो विश्वव्यापी स्वास्थ्य संकटकाल, के हो मंकीपक्स ?

  • अनलाइन डबली

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । विश्वभर संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको छ । डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६ हजारभन्दा धेरै संक्रमितहरु पुष्टि भएको जनाएका छन् । उनले मंकीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको बताएका छन् ।

बीबीसीका अनुसार मंकपक्सीबाहेक हाल कोरोनाभाइरस र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन् । डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन ।

तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उनले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको बताए । उनले सङ्क्रमणको नयाँ माध्यमबारे निकै कम कुराहरू स्पष्ट भएको बताए । “डब्ल्यूएचओको समीक्षाले मङ्कीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यमखाले रहेको र युरोपेली क्षेत्र उच्च जोखिमयुक्त देखिएको छ” डा. टेड्रोसले भने ।

विज्ञहरुका अनुसार मंकीपक्सको लक्षण देखिएका बिरामीहरुले अरुको प्रत्यक्ष रुपमा सम्पर्कमा नजाने र अरुले पनि सतर्क रहन सुझाव दिँदै आएका छन् । यौन संसर्गबाट सर्ने भएकोले यो भाइरसको लक्षण देखिएपछि श्रीमान र श्रीमति पनि शारीरिक सम्पर्क नगर्न विज्ञहरुले सुझाव दिएका छन् ।

मंकीपक्स के हो ?

मंकीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ । यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ । तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन् । केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन् । मङ्कीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ ।

केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ । पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए । ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ ।

मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ । लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु हुँदैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal