आज :

स्थानीय तहले शुरु गर्यो योग साधना केन्द्र

  • अनलाइन डबली

ललितपुर महानगरपालिका १६ वडाले योग साधना केन्द्र संचालन आरम्भ गरेको छ । केन्द्रका अध्यक्ष एवं संंरक्षक वडा १६ अध्यक्ष निर्मलरत्न शाक्यले स्वागत मन्तब्य राख्नुहुँदै वडा स्तरमा पहिलो पल्ट योग साधना केन्द्र संचालन भएको उल्लेख गर्नुहुँर्दै यस कार्यलाई सार्थक बनाउने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभयो । “यो केन्द्र निरन्तर संचालन हुनेछ” उहाँको भनाइ थियो । वडा १६ ले संचालन गरेको ५ दिने योग शिविरको समापन समारोहकै अवसर पारी योग साधना केन्द्र आरम्भ गरेको हो । कार्यक्रममा प्रमुख अतिथि पतञ्जली योग समिति नेपाल बागमती प्रदेश संगठन मन्त्री कमलप्रसाद घिमिरेले स्थानीय तहले योग साधना केन्द्रको थालनी गर्नु सुखद् रहेको उल्लेख गर्नुहुँदै अन्य स्थानीय तहसँग पनि यो अभियान अघि बढाउन छलफल भएको जानकारी गराउनु भयो ।
कार्यक्रममा अतिथिका रुपमा पतञ्जली योग समिति नेपाल बागमती प्रदेश संगठन मन्त्री शारदा रिमाल, पतञ्जली योग समिति ललितपुर जिल्ला अध्यक्ष जोहन गोपाल कायस्थ लगायतको उपस्थिति रहेको थियो ।
पतञ्जली योग पीठको शाखाका रुपमा संचालन हुने १६ वडा योग साधना केन्द्रको पदेन सदस्यमा वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, मदन महर्जन र बबिता श्रेष्ठ रहेका छन् । विक्रम शाक्यको संयोजकमा संचालन हुने योग शिविरको सह–संयोजक दिनेश शर्मा, सचिव विणा शाक्य, सह–कोषाध्यक्ष दानशोभा शाक्य, ज्येष्ठ सदस्य अशोक श्रेष्ठ, युवा सदस्य विनोद बज्राचार्य, सदस्य नन्दकिशोर श्रेष्ठ, रोजन बज्राचार्य, दिनेश डंगोल रहेका छन् ।
योग ललितपुर महानगरपालिका १६ वडा बालिफलमा रहेको अशोक पार्टी प्यालेसमा सञ्चालन हुनेछ । यसका लागि प्यालेसले निःशुल्क हल एवं पार्टी प्यालेस परिसर उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal