आज :

इतिहासमा पहिलो राजनैतिक भाषण गरेको स्थान इन्द्रचोकलाइ अध्यक्ष ओली यसरी सम्झे

  • अनलाइन डबली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बि स १९९७ मङ्सिर १३ गते नेपालको राजनीतिमा पहिलो पटक शासक बिरुद्द गंगालालले काठमाडौँको इन्द्रचोकमा खुला राजनैतिक भाषण गरेको सम्झदै त्यस स्थानलाई महत्व दिनुपर्ने बताउनु भएको छ।

पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको चर्चा गर्दै भन्नु भयो ‘ गंगालाल १७ बर्षको भर्खरको ठिटो थियो , जसले नेपालि राजनिक इतिहासमा पहिलो पटक खुला राजनैतिक भाषण गर्नु भयो। उहाले गरेको त्यो साहसलाइ सम्मान गर्दै प्रत्यक बर्ष त्यसै स्थानमा कार्यक्रम गरिनु पर्छ। पुष्पलालले गरेको संगठन विभिन्न उत्तरचढाव हुदै गंगालालको विरासत, बलिदान, प्रजा परिषदको परिणाम, प्रजा परिषदले देखाएको चेतनाको झिल्को, १९९८ सालमा गठन गरिएको प्रजातान्त्रिक संघको गठन हुदै आज देशको सवैभन्दा संगठित, सचेत, विस्तृत, परिवर्तनकारी र सवैभन्दा सवल शक्ति यो पार्टी नेकपा एमाले भएको छ’, ओलीले भने, ‘यस पार्टीको अध्यक्षको हैसियतले म भन्छु पुष्पलाल र अरु सहिदहरुले देखाएको बाटोबाट अलिकति पनि दायाँबायाँ गर्ने छैनौ । ’

त्यसक्रममा ओलीले पुष्पलालको जीवनको चर्चा गर्दै नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal